७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बालिका बलात्कार अभियोगमा बिर्तामोडका पूर्व मेयर शिवाकोटी पुर्पक्षका लागि थुनामा 

अ+ अ-

काठमाडौँ । बलात्कार अभियोगमा पक्राउ परेका झापा बिर्तामोड नगरपालिकाका पूर्व मेयर ध्रुवकुमार शिवाकोटीलाई झापा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ। शिवाकोटी २०७४ मा बिर्तामोड नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए।

सोमबार न्यायाधीश नवीनकुमार जोशीको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको अदालतका सूचना अधिकारी रामचन्द्र बस्नेतले प्रशासनलाई जानकारी दिए ।  मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ६७ बमोजिम पुर्पक्षका लागि थुना पठाइएको उनले बताए । 

मंसिर २४ मा शिवाकोटी पक्राउ परेका थिए। घरेलु कामदार बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा उनी पक्राउ परेका थिए। कलेज पोसाकमै पीडित बालिका काँकडभिट्टा नाकाबाट भारतको पानीट्यांकी जाँदै गर्दा उनलाई आफन्त नेपाल नामक संस्थाका प्रतिनिधिहरूले रोकी सोधपुछ गरेका थिए। 

त्यति बेला उनीहरूले घटनाबारे थाहा पाएपछि प्रहरीको सहयोगमा उनलाई उद्धार गरेका थिए। उद्धारपछि बालिकाले आफूमाथि पूर्व मेयर शिवाकोटीले पटक पटक जबरजस्ती करणी गरेको बताएकी थिइन्। 

यस्तै, शिवाकोटीको स्वास्थ्य अवस्था नाजुक रहेको भन्दै अदालतले कारागारलाई उपचारको व्यवस्था गर्न पनि आदेश दिएको छ।

प्रतिक्रिया दिनुहोस