दाङ । २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा जुम्ला गुठीचौर गाउँपालिका-१ मनि गाउँ घर भएका २८ वर्षीय नेत्र बहादुर रोकाया छन् ।
नेत्र बहादुरले ती महिलालाई गढवा गाउँपालिका-३ गोवरडिहास्थित खेतमा लगेर बिहीबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले उनलाई सोमबार दिउँसो पक्राउ गरेको हो ।
उनलाई हाल पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।