काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुटवल पुगेका छन्।
नेकपा एमालेले आयोजना गरेको जागणसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओलीसहित शीर्ष नेताहरू बुटवल गएका हुन् ।
राजावादीहरूलाई खबरदारी गर्न भन्दै सत्तारुढ एमालेले बुटवलमा शक्ति प्रदर्शन गर्न लागेको हो ।
देशभरका ६ स्थानमा गरिने जागरण सभा अन्तर्गत लुम्बिनी प्रदेशस्तरीय यो सभाका लागि बुटवललाई छानिएको हो । देशको वर्तमान अवस्था जानकारी गराउने उद्देश्यसहित नेकपा एमालेले शुक्रबार बुटवलमा लुम्बिनी प्रदेशस्तरीय जागरण सभा गर्ने र आफ्नो धारणा जनता र कार्यकर्तालाई जानकारी दिने जनाएको छ ।
एमालेले चैत २४ देखि ३० गतेसम्म गणतन्त्रको पक्षमा देशका विभिन्न ७ सहरमा गर्ने सभा अन्तर्गत बुटवलमा पनि सभा गर्न लागिएको हो । रामनगरस्थित बुटवल मण्डपमा हुने सभालाई एमालेका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।
सभामा एमाले उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल, सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्यालले सम्बोधन गर्ने भएका छन् । यसअघि बुटवलको चारै तर्फबाट सहभागीहरूले प्रदर्शन गरेका छन् ।