२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिंहदरवार भित्रैबाट राप्रपा अध्यक्ष लिङ्देन पक्राउ

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देन सिंहदरवारभित्रैबाट पक्राउ परेका छन्।

शुक्रवार दिउँसो उनी सिंहदरवारस्थित पार्टीको संसदीय दलको कार्यालयमा पुगेका थिए। सोही कार्यालयबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको राप्रपाका सांसदहरूले बताएका छन्।

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीका अनुसार लिङ्देनसहित केही सांसदहरू संसदीय दलको कार्यालयमा छलफलमा रहेका बेला प्रहरीको ठूलो समूह सिंहदरवार परिसरमा प्रवेश गरेको थियो। उनले भने, “हामी छलफलमै थियौँ, प्रहरीको गाडीहरू बाहिर राखेर हामीलाई बाहिर निस्कन नदिएर बन्धक बनाइएको छ।”

स्रोतका अनुसार लिङ्देनसहितका नेताहरूले सिंहदरबारभित्रै पर्चा र पम्प्लेटसहित विरोध प्रदर्शन गर्न खोजेपछि प्रहरीले रोक्ने प्रयास गरेको थियो। उनीहरू सिंहदरबारको गेटतर्फ निस्कन लाग्दा लिङ्देनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउसँगै सिंहदरवार परिसरमै अन्य राप्रपा नेताहरूले विरोध प्रदर्शन गरिरहेका छन्। पार्टीका सांसदहरूले यो गिरफ्तारीलाई असंवैधानिक र दमनकारी कदम भन्दै कडा आपत्ति जनाएका छन्।

यस विषयमा सरकार पक्ष वा सुरक्षा निकायको आधिकारिक प्रतिक्रिया आउन बाँकी छ।