काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैंकक जानुअघि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग टेलिफोन संवाद भएको बताएका छन् ।
बिहीबार पार्टी संसदीय दलको बैठकमा ‘प्रचण्ड’ले यस्तो बताएका हुन् ।
‘देउवाजीले बैंकक जानुअघि फोन गर्नुभएको थियो, मैले स्वास्थ्य लाभको कामना गरेको छु,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक सांसदले बताएका छन् ।
उनका अनुसार बैठकमा ‘प्रचण्ड’ले वर्तमान सरकारबाट समेत संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा खतरा रहेको ब्रिफिङ गरेका थिए । तथापि, आफूहरू तत्काल सरकारमा जानुपर्छ भन्ने पक्षमा नरहेको ‘प्रचण्ड’को भनाइ थियो ।