काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ।
सेवा आयोगको कार्यालयले बुधबार सूचना प्रकाशित गर्दै खुला तथा आन्तरिक प्रतिस्पर्धाबाट विभिन्न विषयका प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक पदहरूमा पदपूर्ति गर्न दरखास्त मागेको हो।
खुला र आन्तरिक प्रतिस्पर्धाका लागि आवश्यक योग्यता पुगेका नेपाली नागरिकहरूले त्रिविले तोकेको म्यादभित्र दरखास्त दिन सक्नेछन्। विस्तृत विवरण र दरखास्त दिने प्रक्रिया सम्बन्धी जानकारी त्रिविले प्रकाशित गरेको सूचनामा उल्लेख गरिएको छ।















