२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

द्वन्द्व भड्किए अमेरिकी सैन्य अखडालाई निशाना बनाउने इरानको चेतावनी

अ+ अ-

एएफपी । इरानले द्वन्द्व भड्किए उक्त क्षेत्रमा रहेको अमेरिकी सैन्य अखडालाई निशाना बनाउने चेतावनी दिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आणविक सम्झौतामा पुग्नेमा आफू ‘कम विश्वस्त’ रहेको बताएका छन् ।

ट्रम्पले आफ्नो पहिलो कार्यकालमा (सन् २०१८) मा त्यागेको इरान र विश्वका शक्ति राष्ट्रहरूबीच भएको सन् २०१५ को सम्झौतालाई प्रतिस्थापन गर्ने नयाँ आणविक सम्झौताका लागि गत अप्रिलदेखि तेहरान र वासिङ्टनबीच पाँच चरणको वार्ता भएको छ ।

गत जनवरीमा सत्तामा फर्केपछि ट्रम्पले तेहरानमाथि आफ्नो ‘अधिकतम दबाब’ अभियानलाई पुनर्जीवित गर्दै आणविक कूटनीतिलाई समर्थन गरेका छन् तर असफल भएमा सैन्य कारबाही गर्ने चेतावनी दिएका छन् ।

इरानका रक्षामन्त्री अजीज नासिर जादेहले वार्ता असफल भएमा अमेरिकी सैन्य कारबाहीको चेतावनीको जवाफमा भने, “उसका सबै आधारहरू हाम्रो पहुँचभित्र छन्, हामीसँग तीसम्म पहुँच छ, र बिना कुनै हिचकिचाहट हामी अमेरिकाले सेल्टर बनाइ बसेका देशहरूमा रहेका सबै आधार शिबिरलाई निशाना बनाउनेछौँ ।”

“भगवानको कृपाका कारण विवाद त्यो बिन्दुमा पुग्ने छैनन् र वार्ता सफल हुनेछ”, उनले भने, “यदि अमेरिकी पक्ष द्वन्द्वमा आयो भने ‘थप क्षति बेहोर्नुपर्नेछ’।”

संयुक्त राज्य अमेरिकाको मध्यपूर्वमा धेरै सैन्य अखडा छन् र सबैभन्दा ठूलो अमेरिकी सैन्य अखडा कतारमा छ।

इरान र संयुक्त राज्य अमेरिकाबीच हालै इरानको युरेनियम संवर्द्धनलाई लिएर कूटनीतिक गतिरोध उत्पन्न भएको छ, तेहरानले यसलाई ‘सम्झौता गर्न नसकिने’ अधिकारको रूपमा बचाउ गरेको छ र वासिङ्टनले यसलाई ‘सम्झौताका लागि अन्तिम सीमा’ को रूपमा बताएको छ।

ट्रम्पले गत महिना खाडी भ्रमणका क्रममा सम्झौताको नजिक पुगेको भन्दै वार्ताप्रति वासिङ्टन आशावादी रहेको बताएका थिए तर बुधबार प्रकाशित एक अन्तरवार्तामा ट्रम्पले तेहरानलाई युरेनियम संवर्द्धन गर्नबाट रोक्न सकिन्छ कि भन्ने प्रश्नको जवाफमा अमेरिका र इरानबीच सम्झौता हुनेमा आफू ‘कम विश्वस्त’ रहेको बताएका छन् ।