२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यातायात कार्यालयका सहायक र बिचौलिया १ लाख ८५ हजार घुससहित पक्राउ

अ+ अ-

चितवन । यातायात व्यवस्था कार्यालय, भरतपुर, चितवनमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) परीक्षामा भ्रष्टाचार गरेको आरोपमा कार्यालय सहायक इन्द्रजित गुरुङ र बिचौलिया सुरज पाठकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। उनीहरूलाई कार्यालय परिसरबाट १ लाख ८५ हजार रुपैयाँ नगदसहित नियन्त्रणमा लिइएको हो।

आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, यातायात कार्यालयका कर्मचारी र महालक्ष्मी, गुरुङ, तथा कुमार ड्राइभिङ सेन्टरका सञ्चालकहरूको मिलेमतोमा लाइसेन्स परीक्षामा असफल भएका परीक्षार्थीहरूलाई पास गराउन रकम लिने गरिएको थियो। सवारीको वर्गअनुसार १५ हजारदेखि २५ हजार रुपैयाँ लिएर असफल प्रशिक्षार्थीहरूलाई पास गराउने गैर कानुनी कार्य भएको उजुरीका आधारमा आयोगको टोलीले छापा मारेको हो।

आयोगको टोलीले कार्यालय सहायक गुरुङको कार्यकक्षबाट १ लाख ८५ हजार नगद बरामद गरेको छ। साथै, कार्यालय प्रमुख विष्णु भट्टराईलगायत अन्य कर्मचारी र ड्राइभिङ सेन्टर सञ्चालकहरूको ३१ वटा मोबाइल, २ वटा ल्यापटप र अन्य कागजातहरू नियन्त्रणमा लिएको छ। यी सामग्रीहरू थप अनुसन्धानका लागि जफत गरिएको आयोगले जनाएको छ।

अख्तियारले यो प्रकरणमा संलग्न अन्य व्यक्तिहरूमाथि पनि अनुसन्धान जारी राखेको छ।