काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक तथा सांसद हितराज पाण्डेले उत्कृष्ट राष्ट्रसेवक कर्मचारीलाई स्थानान्तरण गरी उनीहरूलाई नमुना बनाएर अन्य कर्मचारीलाई पनि त्यही ढाँचामा परिचालित गर्ने व्यवस्था आगामी आर्थिक वर्षबाट सुरु गर्नुपर्ने सुझाव दिएका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै पाण्डेले यस्तो बताएका हुन् । ‘देशभरका उत्कृष्ट राष्ट्रसेवक कर्मचारीलाई स्थानान्तरण गरेर उनीहरूलाई नमुना बनाउने र अन्य कर्मचारीलाई पनि त्यसअनुसार काम गर्न अभिप्रेरित गर्ने कार्य आगामी आर्थिक वर्षदेखि सम्माननीय प्रधानमन्त्रीज्यूले सुरु गर्नुहुन्छ होला ?’ पाण्डेले जिज्ञासा राखे।
उनले जनसेवाको स्तर उठाउन यस्तो अभ्यास आवश्यक रहेको धारणा व्यक्त गरे।







