२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आन्तरिक उत्पादन प्रवर्द्धन हुनेगरी राजस्व नीति तय गर्न सरकारको ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिले आन्तरिक उत्पादन तथा स्वदेशी उद्योगहरू समस्यामा नपर्नेगरी राजस्व नीति अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

केही उद्योगी व्यवसायीबाट सरकारको कर नीतिका कारण समस्यामा परेको भनी समितिमा निवेदन परेकाले यस विषयमा उचित निर्णय लिई स्वदेशी उद्योग प्रवर्द्धनमा जोड दिन सरकारको ध्यानाकर्षण गराउने आजको बैठकले निर्णय गरेको सभापति सन्तोष चालिसेले जानकारी दिए।

सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ अव्यवहारिक रहेका र भन्दै सुनचाँदी व्यवसायी, आयुर्वेदिक औषधि व्यवसायी र फलाम तथा डण्डी उद्योगीहरूले अर्थ समितिसँग सहयोगका लागि आह्वान गरेका छन् । सुन, चाँदी, हिरालगायत वस्तुमा दुई प्रतिशत विलासिता शुल्क र १३ प्रतिशतको मूल्य अभिवृद्धि कर (भ्याट) लगाइएको भन्दै सुनचाँदी व्यवसायी विरोधमा छन् । 

त्यस्तै, अतिआवश्यक औषधिजन्य वस्तुका रूपमा रहेको आयुर्वेदिक औषधिहरूमा १३ प्रतिशत भ्याट लगाइएको भन्दै सोको खारेजीको माग गर्दै आयुर्वेदिक औषधि व्यवसायीहरूले अर्थ समितिमा निवेदन दिएका छन् । ‘वायर रड’ भनिने ग्याबिन तार बनाउन प्रयोग हुने कच्चा पदार्थ आयातमा १० प्रतिशत भन्सार लगाइएकामा त्यसलाई रोक्न फलामे छड तथा डण्डी व्यवसायीहरू पनि अर्थ समिति पुगेका छन् ।

यी तीन वटै क्षेत्रका व्यवसायीहरूले सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत लिएका करका दर लागू भएमा स्वदेशी उद्योगहरू समस्यामा पर्ने र ठूलो सङ्ख्यामा रोजगारी गुम्ने भन्दै समितिमार्फत सरकारको ध्यानाकर्षण गराइरहेका छन् । 

व्यवसायीहरूसँगको छलफलपछि समितिको आजको बैठकले स्वदेशी उद्योगहरू प्रवर्द्धन गर्नेगरी करका नीति अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराएको सभापति चालिसेले बताए। “आर्थिक विधेयक, २०८२ अहिले संसद्मा विचाराधीन अवस्थामा छ । संसद्बाट पारित हुनुअघि करका दरमा संशोधन गर्न सकिने भएकाले समितिले यसबारे सरकारको ध्यानाकर्षण गराएको हो”, उनले भने ।

अर्थ समितिको आजको बैठकमा अधिकांश सांसदहरूले स्वदेशी उत्पादनलाई समस्यामा पार्ने गरी करका दरहरू ल्याइएकाले त्यसमा सरकारले पुनर्विचार गर्नुपर्ने धारणा राखेका थिए । 

आयातित कच्चा वस्तुमा भन्दा उपभोग्य वस्तुमा बढी कर लगाइएको, अत्यावश्यक वस्तुमासमेत सरकारले भ्याट लगाएको, साफ्टासम्बन्धी प्रावधानहरूका कारण नेपालका उत्पादनले भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेकालगायत विषय समितिमा उठेका थिए । त्यस्तै, संसद्बाट पारित हुनुअघि आर्थिक ऐन संशोधन गर्न सकिने भएकाले पनि यस विषयमा समितिले सरकारको ध्यानाकर्षण गराउनुपर्ने धारणा समिति सदस्यहरूको थियो ।

बैठकमा सांसदहरू गङ्गा कार्की, पूर्णबहादुर तामाङ, जुलीकुमारी महतो, ज्ञानबहादुर शाही, नारायणप्रसाद आचार्य, नारायणी शर्मा, वर्षमान पुन, डा प्रकाशशरण महतलगायतले स्वदेशी उत्पादनलाई समस्या नपर्ने गरी करका दर तय हुनुपर्ने धारणा राखेका थिए । 

संसद्मा विचाराधीन आर्थिक विधेयकमा राखिएका केही व्यवस्थाले आन्तरिक उत्पादन र व्यवसायीलाई समस्या पर्ने देखिएमा यसबारे पुनर्विचार गरिनुपर्ने उनीहरूको भनाइ थियो । संसद्मा विचाराधीन उक्त विधेयकमाथि समितिमा छलफल आवश्यक हो/होइन, समितिले निर्देशन दिन मिल्छ/मिल्दैन भन्नेबारे सांसदहरूबीच भने फरक मत देखिएको थियो । आर्थिक ऐन संशोधन गर्न सकिने भएकाले समितिबाट सुझाव पठाउन सकिने केही सदस्यहरूको धारणा थियो ।