२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

४ खर्बले बढ्यो अर्थतन्त्रको आकार 

अ+ अ-

काठमाडौँ । एक वर्षमा नेपालको अर्थतन्त्रको आकार ४ खर्बले वृद्धि भएको छ । चालू आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६१ खर्ब पुगेको छ । जबकि गत आर्थिक वर्ष यस्तो आकार ५७ खर्ब थियो ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार एक वर्षको अवधिमा राजस्व पनि ७७.३४ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको भन्दा १ खर्ब ८ अर्बले राजस्व बढेको छ । २०८२ असार २६ गतेसम्म १० खर्ब ९७ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ ।

त्यस्तै, पुँजीगत खर्चमा समेत गत वर्षको भन्दा ३६ अर्बले वृद्धि भएको छ । २०८२ असर २६ गतेसम्म २ खर्ब ८ अर्ब पुँजीगत खर्च भएको छ ।

२०८१ असार १८ गतेसम्म दुई हजार एक सय विन्दुमा रहेको नेप्से परिसूचक २०८२ असार २५ गतेसम्म आइपुग्दा दुई हजार ७०५ विन्दुमा पुगेको छ ।

निजी क्षेत्रमा प्रवाहित कर्जा ८.७ प्रतिशतले बढेको छ । गत वर्ष यस्तो कर्जा ५.६ प्रतिशतले बढेको थियो ।

रेमिट्यान्स १५.५ प्रतिशतले वृद्धि भएको छ । चालू आर्थिक वर्षको ११ महिनामा १५ खर्ब ३२ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । जबकि गत आर्थिक वर्षको सोही अवधिमा १३ खर्ब २७ अर्ब भित्रिएको थियो ।

अर्थ मन्त्रालयका अनुसार गत वर्षको तुलनामा ७७.८ प्रतिशतले निर्यात वृद्धि भएको छ भने आयात १३.१ प्रतिशतले वृद्धि भएको छ । यस्तै शोधानान्तर स्थिति ४९२ अर्बले बचतमा हुँदा विदेशी विनिमय सञ्चिति १८ अर्ब ६५ करोड अमेरिकी डलर रहेको छ । १४ महिना वस्तु तथा सेवा आयात धान्ने सञ्चिति पर्याप्तता रहेको छ ।

अर्थतन्त्रका १८ वटा क्षेत्रको सूचकहरू सकारात्मक रहेको अर्थ मन्त्रालयले जनाएको छ । सकारात्मक सुचांकहरुमा यातायात, निर्माण, खानी, विद्युत् तथा ग्यास, व्यापार, बैंक तथा बीमा, उद्योग, घरजग्गा, सूचना प्रविधि, कृषि तथा वन, प्रशासनिक सेवा, स्वास्थ्य सेवा, वैज्ञानिक सेवा, औद्योगिक उत्पादन, शिक्षा, आवास तथा भोजन क्षेत्र रहेका छन् ।

अर्थतन्त्रका सूचकहरू सकारात्मक हुँदै गए पनि चुनौतीहरू कायमै रहेको अर्थ मन्त्रालयले जनाएको छ । लक्ष्यअनुसारको राजस्व संकलन, पुँजीगत खर्चमा थप वृद्धि, ग्रे लिस्टबाट बाहिर निस्कने चुनौतीहरू अर्थतन्त्रमा देखिएको मन्त्रालयले जनाएको छ ।