२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राप्रपासँग गठबन्धनदेखि भीम रावलको सदस्यता खोस्ने हर्कतसम्मको समीक्षा गरौँ भन्दै योगेशलाई उषाकिरणले फर्काइन् जवाफ

अ+ अ-

काठमाडौँ । पूर्वराष्ट्रपति विद्या भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किएसँगै पार्टी वृत्तमा बहसहरू बढेको छ ।

नेताहरूबीच तर्क र कित्ताकाट चलिरहँदा सचिव योगेश भट्टराईले पार्टीमा एक अर्कालाई ललकार्ने काम बन्द गर्न आग्रह गरे । उनले फेसबुकमा लेखेका छन्, ‘च्यासललाई ललकार्ने, च्यासलबाट ललकार्ने, कृपया यो तरिका बन्द गरौँ । बसौँ, आपसमा विमर्श गरौँ ।’

सचिव भट्टराईको यो पोस्ट सेयर गर्दै एमाले केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले दुर्गा प्रसाईँलाई केन्द्रीय सदस्य बनाउने र एकनाथ ढकाललाई सांसद बनाउने, राप्रपासँग चुनावी गठबन्धन गर्नेदेखि भीम रावलको पार्टी सदस्यता खोसेकोसम्म पार्टीमा समीक्षा गर्नुपर्ने बताएकी छन् ।

उनले योगेशलाई जवाफ दिँदै भनेकी छन्, ‘विगत ११ वर्ष तपाईँले उल्लेख गरेको कुरा भएको छ दाइ कमरेड १ मान्छेहरू बल्ल पेलिनुको पनि हद हुन्छ भन्दै छन् । तर, राजनीति त विधि र विचारमा टेकेरै हिँड्नु पर्छ । फेरि पनि सांगोपांगो हिसाब, किताब केन्द्रीय कमिटीले गरोस् ।’

उनले खतराको घण्टी, सच्चिने वा सक्किनेलगायत यक्ष विषय र प्रश्नबाट भाग्न मिल्ने ठाउँ नभएको उल्लेख गरेकी छन् ।

तिम्सिनाले थपेकी छन्, ‘दुर्गा प्रसाईँलाई केन्द्रीय सदस्य बनाउने र एकनाथ ढकाललाई सांसद बनाउने तहसम्म, राजेन्द्र लिङदेन, कमल थापा, धवल शमसेर , दीपक बोहरासम्मसँग गरेको चुनावी गठबन्धन र भीम रावललाई टिकट नदिने र पार्टी सदस्यता समेत खोस्ने हर्कत कमिटीका नाममा/संस्थाका नाममा भएका यी सबै ध्वस्तताको विषयमा छलफल र समीक्षा गरौँ ।’

तिम्सिना व्यवसायी मीनबहादुर गुरुङसँग पार्टी कार्यालय बनाउन जग्गा दान लिएको निर्णयको विरोध गर्दा कारबाहीमा परेको थिइन् । उनी र स्थायी कमिटी सदस्य बिन्दा पाण्डेको हालै मात्रै निलम्बन फुकुवा भएको थियो ।