२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रसुवामा बाढीपछिको उद्धार र पुनर्स्थापना कार्य तीव्र, नेपाली सेनासहितको टोली खटियो

अ+ अ-

रसुवा । रसुवा जिल्लास्थित नेपाल–चीन सीमानामा रहेको लेन्दे खोलामा असार २४ गते आएको बाढीले सम्पर्कविहीन बनेका व्यक्तिहरूको खोजी, उद्धार र अवरुद्ध सडक मर्मतका लागि नेपाली सेनासहितको टोली सक्रिय रूपमा खटिएको छ।

नेपाली सेना, अन्य सुरक्षा निकाय र स्थानीय बासिन्दाको संयुक्त टोलीले रसुवाको लिङलिङ, रुङ्गापुल, सल्लेटार, गुम्चेत र टिमुरे क्षेत्रका साथै नुवाकोट, धादिङ र चितवनका विभिन्न स्थानमा उद्धार तथा पुनर्स्थापना कार्य गरिरहेको नेपाली सेनाले जनाएको छ।

हालसम्म रसुवाको लिङलिङ र रुङ्गापुल क्षेत्रमा सडकमा खसेको पहिरो हटाउने र वैकल्पिक बाटो निर्माण गर्ने कार्य भइरहेको छ। यस्तै, नुवाकोटमा त्रिशूली नदीले कटान गरेको क्षेत्रमा ग्याबिन जाली लगाउने काम पनि तीव्र गतिमा अघि बढिरहेको छ।

उद्धार टोलीले प्रभावित क्षेत्रमा थप राहत र पुनर्स्थापनाका लागि निरन्तर प्रयास गरिरहेको प्रशासनलाई जानकारी प्राप्त भएको छ ।

बाढी र पहिरोले प्रभावित बनेका स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने र आधारभूत सुविधा उपलब्ध गराउने कार्य पनि प्राथमिकतामा राखिएको छ।

थप विवरणका लागि स्थानीय प्रशासनसँग सम्पर्क गर्न स्थानीयवासीलाई अनुरोध गरिएको छ।