२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वसचिव ढुंगेलको ‘निजामती प्रशासनमा कोतपर्व’ सार्वजनिक

अ+ अ-

काठमाडौँ । सरकारका पूर्वसचिव एवं लेखक डा. द्वारिकानाथ ढुंगेलद्वारा लिखित पुस्तक ‘निजामती प्रशासनमा कोतपर्व’को विमोचन भएको छ । आज आयोजित कार्यक्रममा पुस्तकको विमोचन गरिएको हो । केसल्या प्रकाशनद्वारा प्रकाशित यस पुस्तकमा १० अध्यायमा निजामती प्रशासनको सबै उतारचढावको दस्ताबेज भएको समीक्षकहरूले टिप्पणी गरेका छन् ।

पुस्तक नेपालको निजामती प्रशासनको विकास क्रम, त्यसमा विदेशीको संलग्नता र भूमिका, प्रशासन एवं राजनीतिक सम्बन्ध, निजामती प्रशासनप्रतिको राजनीतिक व्यवहारका कारण यस क्षेत्रले भोग्नुपरेका परिणामलगायत विषय तथ्यहरू प्रस्तुत गरिएको छ । 

पुस्तकमा २००७ सालदेखि २०४८ साल भदौसम्मको निजामती प्रशासनको इतिहास, २०४८ असोजदेखि २०५२ सालसम्मका निजामती प्रशासन सम्बद्ध घटनाक्रम, नीतिगत संरचना र त्यसका प्रभावलाई विश्लेषण गरिएको छ । 

पुस्तकमा लेखकले मुलुकको निजामती सेवा कस्तो हुनुपर्दछ भन्ने आफ्ना दृष्टिकोण प्रस्तुत गरेका छन् । उनले वर्तमान संघीय शासन व्यवस्थाले निजामती प्रशासनका विषयमा गरेका प्रयासलाईसमेत समेटेका छन् । पाठकलाई नेपालको प्रशासनिक इतिहासको एक संवेदनशील र जटिल तहमा प्रवेश गराउने समीक्षकहरूको टिप्पणी छ ।

विमोचन कार्यक्रममा पूर्व न्यायाधीश टोपबहादुर सिंहले देशको शासन व्यवस्थालाई गुणस्तरीय बनाउन निजामती प्रशासन सुदृढ बनाउनुपर्नेमा जोड दिँदै यस पुस्तकले निजामती प्रशासनमा सुधार गर्नुपर्ने पक्षमा मार्गदर्शन गराउने विश्वास व्यक्त गरे । “कुनै पनि स्वतन्त्र र सार्वभौम मुलुकमा निजामती प्रशासन सुदृढ भएन भने देशको शासन व्यवस्था जन केन्द्रित र उत्तरदायी हुन सक्दैन”, उनले भने । 

डा. तीर्थबहादुर श्रेष्ठ, पूर्व प्रशासक पद्यामोहिनी माथेमा, अर्जुनमणी दीक्षित, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. दिपेश घिमिरे र पत्रकार गजेन्द्र बुढाथोकीले यस पुस्तकमाथि समीक्षा गरेका थिए । उनीहरूले यो पुस्तक केवल प्रशासनिक अभ्यासको दस्ताबेज मात्र नभई सत्ता, संरचना र संघर्षको बौद्धिक अन्वेषण भएको टिप्पणी गरे।

पुस्तकले प्रशासन तथा व्यवस्थापन बुझ्न सहज बनाउने उनीहरूको धारणा छ । पुस्तकलाई निजामती प्रशासनको ‘रिफर्म’ गर्न सहयोग गर्ने समीक्षकहरूको बुझाइ छ ।

लेखकले यस पुस्तकलाई प्रशासन पुनर्गठन योजना आयोग, २०१३ का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री टंकप्रसाद आचार्य तथा सदस्य कुलनाथ लोहनी, सरकारका सबै सचिव, कुलशेखर शर्मा, आयोगका सचिव रामचन्द्र मलहोत्रा र सल्लाहकार बिजी मुर्देश्वरप्रति समर्पण गरेका छन् । 

पुस्तकमा निजामती प्रशासनमा कोतपर्व भन्नाले २०४९ साल कार्तिक २१ गतेको घटनालाई लिइएको छ । लेखकले पुस्तकको शीर्षकबारे स्पष्ट पार्दै भने, “कैयौँले २०४६ सालमा बहुदलीय शासन व्यवस्थाको पुन:स्थापना पश्चात् मुलुकको निजामती सेवामा आएको भुईँचालो भन्ने गरेका छन्, मैले भने निजामती प्रशासनमा कोतपर्व भन्ने गरेको छु ।”

पूर्वसचिव, प्राज्ञिक चिन्तक तथा लेखक डा. ढुंगेलले पुस्तकमा आफ्नो पेसागत अनुभवलाई उतारेको जानकारी दिँदै निजामती प्रशासनको जग बसाउन यो पुस्तकले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले वर्तमान निजामती सेवामा सुधारको आवश्यकता औँल्याए ।