काठमाडौँ । सुनसरीबाट ३८ हजार नक्कली नोटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट नक्कली नोट लिएर नेपाल आउँदै गरेको लु ९२ प २३८० नम्बरको मोटरसाइकलमा सप्तरीको हनुमान कंकालिनी नगरपालिका-२ का २६ वर्षीय राजेशकुमार रजक र हनुमान कंकालिनी-१ का २५ वर्षीय राजेश चमार रजक कोशी गाउँपालिका-८ भीमनगर बोर्डर पोस्टबाट प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूबाट प्रहरीले मोटरसाइकलको पछाडि बसेका राजेश चमार रजकको साथबाट नेपाली १ हजार रुपैयाँ दरका ३८ थान नक्कली नोट बरामद गरेको छ ।
बरामद भएको ३८ हजार नेपाली नक्कली नोटसहित दुवै जनामाथि अनुसन्धान भइरहेको जिल्ला सुनसरी प्रहरीले जनाएको छ ।







