२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘विद्या भण्डारीले एमालेको अध्यक्ष बन्छु भन्दै बाहिरबाहिरै बोल्दै हिँडेकाले समस्या भयो’-शेरधन राई

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यताबारेको बहस भावनाले नहुने बताएका छन् ।

पार्टी जिल्ला कमिटीको शनिबारको बैठकमा भण्डारीको सदस्यता रोक्ने निर्णयले तलसम्म असर परेको कुरा उठेपछि राईले पार्टीले निर्णय गरिसकेको विषयमा कोही दायाँबायाँ गर्न नमिल्ने बताए ।

भोजपुरमा जन्मिएकी भण्डारीको राजनीतिक सुरुवात यहीँबाट भएको थियो । भोजपुर शेरधनको पनि गृह जिल्ला हो ।

राईले जिल्लाकै हिसाबले पनि आफ्नो दिदी भाइको सम्बन्ध रहेको ५६ सालदेखि आफ्नो राजनीतिक जीवनमा सहयोग पनि गरेको सम्झिँदै सधैँ आफूले सम्मान गर्ने तर, राजनीतिक कुरा र पार्टीको निर्णयबाहिर जान नसक्ने प्रष्ट पारेका छन् ।

कोशीको संस्थापक मुख्यमन्त्रीसमेत रहेका शेरधनलाई तत्कालीन प्रधानमन्त्री केपी ओलीको पालामा अर्कैले दौरा-सुरूवाल सिलाइसकेका बेला विद्याले त्यसबेला अडान लिएपछि सञ्चार मन्त्रीको शपथ गराइएको एमालेका जानकार नेताहरूले चर्चा गर्दै आएका छन् ।

एमालेमा फर्किने कुरा आएपछि भण्डारीसँग आफू ३/४ घण्टा छलफल गरेर नेतासँग कुरा गराउन सहजीकरण गरे पनि पद्धतिभित्र नआएको उनको भनाइ थियो ।

भण्डारीले आफ्ना विचार/आकांक्षा र सोचलाई विधि पद्धति विपरीत सार्वजनिक ठाउँमा बोलेको उनको टिप्पणी थियो ।

एमालेको अध्यक्षकै निम्ति आउँदै छु भनेर मिडियाबाट बोलेको भन्दै राईले भने, ‘उहाँ पूर्वराष्ट्रपतिको हैसियतमा रहनुभएको थियो । जहाँसम्म उहाँको सदस्यता नवीकरणको कुरा उहाँ पार्टीको नेता कार्यकर्ता पनि हुनु भएको हुनाले र सधैँ एमालेको हित र उन्नतिमा साथ दिने गार्जेन पनि भएकाले त्यसबाटोबाट आफ्ना विचार/आकांक्षा र सोचलाई त्यताबाट ल्याउनुपर्थ्यो । तर, त्योरूपमा विषय आएन । सार्वजनिक कार्यक्रममा सक्रिय राजनीतिमा आउँदै छु भन्नुभयो । र, म पार्टी अध्यक्षकै निम्ति आउँदै छु भनेर भित्रबाट हैन बाहिर मिडियाबाट आउनुभयो । जुन कुरा पार्टीले अपेक्षा गरेको थिएन । त्यो पद्धतिभित्र पनि पर्दैनथ्यो ।’

पार्टीको उपाध्यक्ष र सदस्यता त्यागेर राष्ट्रपति बनेको भन्दै उनले भण्डारीले दुवै कार्यकालमा असाध्यै राम्रो छविका साथ राम्रो उचाइबाट राष्ट्रको अभिभावकत्व निर्वाह गरेको बताउँदै सारा नेपालीले कदर गरेका छन् प्रशंसा गरेको र पार्टीले पनि कदर गरेको शेरधनको भनाइ छ ।