२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इजरायली आक्रमणमा यमनी हुथी सरकारका प्रधानमन्त्रीसहित केही अधिकारीको मृत्यु

अ+ अ-

एएफपी । यसै साताको सुरुमा इजरायली सेनाद्वारा गरेको हवाई आक्रमणमा यमनका हुथी विद्रोही समूहका प्रधानमन्त्रीसहित केही अन्य अधिकारीको मृत्यु भएको इरान समर्थित समूहले शनिवार पुष्टि गरेको छ ।

गत वर्ष नियुक्त भएका अहमद घलेब नासेर अल–राहावी गाजामा जारी युद्धका क्रममा इजरायलको शृङ्खलाबद्ध आक्रमणमा मारिएका सबैभन्दा वरिष्ठ अधिकारी हुन् । 

“हामी प्रधानमन्त्री नासेर अल राहावीको शहादतको घोषणा गर्दछौँ। शत्रुले उनीहरूलाई निशाना बनाएका कारण उहाँसहित उहाँको मन्त्रीमण्डलका कैयौँ सहकर्मीले शहादत प्राप्त गरेका छन्,” हुथीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

“आक्रमणमा हुथी नेता नासेरसहित केही अधिकारीको मृत्यु भएको र अन्य केहीसामान्यदेखि गम्भीर घाइते भएका छन् र उनीहरूको बिहीबार दिउँसोदेखि उपचार भइरहेको छ,” विज्ञप्तिमा भनिएको छ।

इजरायली सेनाले हुथीको नियन्त्रणमा रहेको राजधानी साना क्षेत्रमा बिहीबार आक्रमण गरेको थियो । प्यालेस्टाइनप्रति ऐक्यबद्धता जनाउँदै हुथी विद्रोहीले गाजा युद्ध सुरुभएदेखि नै इजरायलमाथि बारम्बार क्षेप्यास्त्र र ड्रोन प्रहार गर्दै आएका छन् ।

इजरायली सेनाले हुथी विद्रोही शासनको सैन्य लक्ष्यमा आक्रमण गरेको इजरायली सेनाले त्यति बेला बताएको थियो ।

हुथी विद्रोहीले ‘रेड सी’ र एडेनको खाडीमा रहेको पानीजहाजलाई पनि निशाना बनाउने गरेका छन् जुन उनीहरूले गाजा युद्धको समयमा इजरायलसँग जोडिएको दाबी गरेका छन्।

विद्रोही समूहले सन् २०१४ देखि युद्धको चपेटामा परेको यमनको ठूलो भागलाई नियन्त्रण गरेको छ र यो मध्यपूर्वका अधिकांश भागमा रहेका लडाकू समूहहरूसँगै इरानको इजरायल विरोधी गठबन्धनको हिस्सा हो।