२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘पार्टीलाई बलियो बनाउन काँग्रेसमा हार्दिकता आवश्यक छ’-धनराज गुरुङ

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले पार्टीलाई बलियो बनाउन नेता, कार्यकर्ताबीच हार्दिकता आवश्यक रहेको बताएका छन् ।

नेपाली काँग्रेस बाँके प्रशिक्षण शाखाद्वारा नेपालगञ्जमा आयोजित दुई दिने जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रमलाई आज यहाँ उद्घाटन गर्दै उपसभापति गुरुङले कार्यकर्तामा हार्दिकता अभाव हुँदा आमनिर्वाचनमा त्यसको प्रभाव पर्ने गरेको उल्लेख गरे । उहाँले यस्ता प्रशिक्षणले तल्लो तहमा रहेका कार्यकर्तामा हार्दिकता जोड्ने धारणा राखे ।

“काँग्रेसभित्र हार्दिकता जोड्दै सहकार्य र समन्वय आवश्यक छ”, उपसभापति गुरुङले भने, “त्यसको अभाव हुँदा निर्वाचनमा हामीले तीतो अनुभव बटुल्दै आएका छौँ । यस्ता प्रशिक्षणले हार्दिकतालाई जोड्ने काम गर्छ ।” काँग्रेसको सिद्धान्तप्रति प्रतिबद्ध गराउन प्रशिक्षण अत्यन्तै जरुरी रहेको उनको भनाइ छ ।

“काँग्रेसका तल्लो तहमा पार्टीको सिद्धान्तबारे बहस गर्न सक्ने क्षमता जगाउन तालिम, सीप विकासका लागि यस्ता प्रशिक्षण आवश्यक छ”, उनले भने, “जसले गर्दा पार्टीलाई बलियो र जनता केन्द्रित बनाउँछ ।”

उपसभापति गुरुङले आपसी समन्वय र सहकार्यमार्फत जनचाहनाअनुसार कार्यसम्पादन गर्नुपर्नेमा जोड दिँदै सहकार्यको अभावमा गन्तव्यमा पुग्न नसकिने उल्लेख गरे । “राजनीतिको राजमार्गमा सबैलाई समेट्दै लैजानुपर्छ”, उनले भने, “समन्वय र सहकार्य हुन सकेन भने गन्तव्यमा पुग्न सकिँदैन । पार्टीभित्र र बाहिर पनि आवश्यकता अनुसार सहकार्य गर्दै जानु जरुरी छ ।”

काँग्रेसका जिल्ला सभापति नारायणप्रसाद गौडेलले काँग्रेस बाँकेले कार्यकर्तालाई प्रशिक्षित बनाउँदै लगेको बताउँदै पालिका र वडा तहमा नेतृत्व गर्ने सबैलाई प्रशिक्षित गराइने उल्लेख गरे। उनले प्रशिक्षण कार्यक्रमका माध्यमबाट गाउँ टोल हुँदै पार्टीलाई बलियो बनाउने अभियानमा आफूहरू लागिपरेको बताउनुभयो ।

प्रशिक्षण शाखा प्रमुख गोपालप्रसाद अधिकारीको सभापतित्वमा भएको कार्यक्रमको उद्घाटन सत्रमा नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन, लुम्बिनी प्रदेशका प्रशिक्षण विभाग प्रमुख भुवनप्रसाद श्रेष्ठलगायत नेताको उपस्थिति छ ।

प्रशिक्षणमा बाँके जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, महासमिति तथा महाधिवेशन प्रतिनिधिहरू, क्षेत्र, प्रदेशसभा क्षेत्र तथा पालिका कार्यसमितिका पदाधिकारीहरू, निर्वाचित पालिका प्रमुख तथा उपप्रमुखहरू, भ्रातृ तथा शुभेच्छुक संस्थाका केन्द्रीय पदाधिकारी तथा सदस्य, जिल्ला अध्यक्षसहित करिब ३५० जनाको सहभागिता रहेको प्रशिक्षण शाखा सचिव उमा थापामगरले जानकारी दिए।

दुई दिनसम्म सञ्चालन हुने प्रशिक्षणमा नेपाली काँग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठान विभागका कार्यकारी निर्देशक डा बुद्धिमान श्रेष्ठले ‘नेपालको संविधान: संविधान कार्यान्वयनमा काँग्रेसको भूमिका र दायित्व’, प्रतिष्ठानका निर्देशक डा कृष्णप्रसाद पौडेलले ‘नेपाली काँग्रेसको तहगत संरचना र नेतृत्व विकास’ र ‘साङ्गठानिक अवस्था र संगठन विस्तारको रणनीति’, नवीन श्रेष्ठले ‘नेतृत्व क्षमताको विकास’, विश्वदीप लामिछाने ‘सङ्गठन विस्तारमा सूचना प्रविधिको प्रयोग र प्रभाव’, तीर्थ पौडेलले ‘प्रशिक्षणको विधि, प्रशिक्षकका सीप र प्रभावकारिता’, डा जगदीशचन्द्र पोख्रेलले ‘लोकतान्त्रिक समाजवाद: नेपाली काँग्रेसको आर्थिक नीति, उपलब्धि र भावि कार्यदिशा’ र डा सञ्जय महतोले ‘युवा, रोजगारी र उद्यमशीलता’का विषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको छ