२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परराष्ट्रविद्ले भने-‘लिपुलेकसम्बन्धी सहमतिबारे त्रिपक्षीय संवाद आवश्यक’

अ+ अ-

काठमाडौँ । परराष्ट्र र सीमासम्बन्धी विषयका जानकारहरूले नेपाली भूमि लिपुलेकका विषयमा भारत र चीनबीच भएको सहमतिबारे त्रिपक्षीय संवाद आवश्यक रहेकामा जोड दिएका छन् ।

प्रेस चौतारी नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा विज्ञहरूले यही भदौ ३ गते नेपाली भूमिको बाटो हुँदै भारत-चीनबीच व्यापारिक मार्ग सञ्चालन गर्ने सहमति भएको विषयप्रति आपत्ति प्रकट गर्दै त्रिपक्षीय संवादबाट समाधान गर्नुपर्ने सुझाव दिएका हुन् ।

कार्यक्रममा नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवं परराष्ट्रविद् डा. राजन भट्टराईले नेपाल–भारत–चीन त्रिदेशीय कूटनीतिक संवाद र प्रमाणबाट लिपुलेकको विषय टुंगो लगाउनुपर्ने बताए । 

“उक्त विषय त्रिदेशीय संवादबाट टुङ्ग्याउनुपर्छ, राष्ट्रको सवालमा एक हुनुपर्छ”, उनले भने, “नेपाली भूमिको संरक्षणमा आम जनसमुदाय एक हुनुपर्छ ।”

नेपाल–भारतबीचको सुगौली सन्धिमा समेत लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भूमि भनेर उल्लेख भएको र त्यो भूभाग नेपालको भन्ने प्रशस्त प्रमाण भएको उनले बताए ।

“सुगौली सन्धिमा पनि प्रष्ट रूपमा कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भनिएको छ”, परराष्ट्रविद् डा. भट्टराईले भने, “सुगौली सन्धिलाई नमान्ने हो भने त नेपालको भूमि पूर्वमा टिस्टा, पश्चिममा काँगडा हो नि ।”

उनले भारतले एकतर्फी हिसाबले भारतले नक्सा बनाएर नेपाली भूमि भारतमा राखेको र नेपालले त्यसबारेमा कूटनीतिक नोट पठाउँदा बेवास्ता गरेपछि नेपालले नक्सा संशोधन गरेर चुच्चे बनाएको स्मरण गराए ।

नेपाल-भारत सीमा अध्ययन समितिका संयोजक डा. विष्णु उप्रेतीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हो भन्ने अकाट्य प्रमाणहरू भएको र सुगौली सन्धिमै त्यो प्रष्ट भएको बताए।

“नेपालसँग अकाट्य प्रमाणहरू छन, सुगौली सन्धि प्रमुख प्रमाण हो”, डा उप्रेतीले भने, “भारतमा बेलायती शासक हुँदा नै व्यापार, धार्मिक, प्राकृतिक स्रोतले महत्त्वपूर्ण नेपाली भूमिमा आँखा लगाएका थिए, तर सुगौली सन्धिमा नेपालकै भूमि भन्ने स्पष्ट  छ ।” उनले नेपालको सिमानाको विषयमा चीन पनि गम्भीर हुनुपर्ने बताए ।

सीमाविद् डा. बुद्धिनारायण श्रेष्ठले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि भन्ने पर्याप्त प्रमाण भएको हुनाले त्रिपक्षीय संवाद गरेर टुङ्ग्याउनुपर्नेमा जोड दिए । 

“यो विषय पहिला नेपाल-भारतबीचको मात्रै विषय थियो, अहिले भारत–चीनले उक्त भूमिको विषयमा व्यापारिक बाटो बनाउने सहमति गरेपछि त्रिदेशीय बन्यो”, उनले भने, “कूटनीतिक पहलबाट तीन देशका सरकार बसेर यो विषय टुङ्ग्याउनुपर्छ ।”

हाल चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चीनफिङसँगको द्विपक्षीय भेटवार्तामा लिपुलेक नेपालको भूमि रहेको स्पष्ट पार्दै सो क्षेत्रका विषयमा चीन र भारतबीच भएको सहमतिप्रति आपत्ति जनाएका थिए ।