२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृहमन्त्री लेखकद्वारा आइजिपी दीपक थापाको बिदाइ

अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले बुधबार गृह मन्त्रालय सिंहदरवारमा आयोजित एक कार्यक्रमका बीच सेवा निवृत्त भएका प्रहरी महानिरीक्षक (आइजिपी ) दीपक थापालाई शुभकामनासहित बिदाइ गरेका छन् ।

गृहमन्त्री लेखकले सफल कार्यकाल सम्पन्न गरी सेवा निवृत्त भएका थापालाई बधाई दिँदै उनको व्यावसायिक जीवनको उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

उनले थापाले राज्यले सुम्पेको जिम्मेवारी निष्ठापूर्वक, व्यावसायिक र इमानदारीपूर्वक सम्पन्न गरेको चर्चा गर्दै आगामी दिनमा पनि राष्ट्र सेवामा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले शान्ति सुव्यवस्था कायम गर्ने महत्त्वपूर्ण जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेकोमा थापालाई बधाई दिँदै उनको सेवा निवृत्त जीवन स्वस्थ, रचनात्मक र क्रियाशील रहोस् भनी शुभकामना दिएका छन् ।

त्यसै अवसरमा प्रहरी महानिरीक्षक दीपक थापाले नेपाल प्रहरी जस्तो गौरवशाली संगठनको सदस्य भई देश र नागरिकको सेवामा समर्पित हुन पाउनु सौभाग्यको विषय भएको बताए ।

उनले आफ्नो कार्यकालमा संविधान र कानूनले प्रदान गरेको जिम्मेवारी पूर्ण इमानदार, पारदर्शी र निष्पक्षताका साथ निर्वाह गरेको उल्लेख गर्दै यस अवधिमा नेपाल प्रहरीको आधुनिकीकरण, सांगठनिक सुदृढीकरण, विकास र स्तरोन्नतिका लागि नेपाल सरकार तथा गृह मन्त्रालयबाट प्राप्त अभिभावकत्व, हौसला र मार्ग निर्देशनप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

बिदाइ कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, प्रहरी अतिरिक्त महानिरीक्षक, गृह मन्त्रालयका वरिष्ठ अधिकारी लगायतको उपस्थिति थियो ।