२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नयाँ बानेश्वरमा जेन जेडको आन्दोलन उग्र, कर्फ्यु प्रभावहीन

अ+ अ-

काठमाडौँ । नयाँ बानेश्वरमा जेन जेड समूहको आन्दोलन झन् उग्र बनेको छ । प्रदर्शनकारीमाथि प्रहरीले चलाएको गोली लागी एक जनाको मृत्यु भएपछि अवस्था थप तनावग्रस्त बनेको हो ।

सरकारले कर्फ्यु घोषणा गरे पनि त्यसको प्रभाव देखिएको छैन । बरु कर्फ्यु लागू हुनु अघि भन्दा अहिले प्रदर्शनकारी झन् आक्रोशित हुँदै सडकमा उत्रिएका छन् ।

संसद भवन परिसरभित्रबाट प्रहरीले बारम्बार अश्रुग्याँस, रबरको गोली, पानीको फोहोरा र ढुंगामुढा प्रहार गरेको छ । प्रदर्शनकारीहरूले संसद भवन परिसरतर्फ आगजनी गर्ने प्रयास गरेका छन् भने भागदौडका क्रममा केही मानिस घाइते भएका छन् ।

यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौँले बानेश्वर-तिनकुने क्षेत्रमा मात्र कर्फ्यु लागू गरेको थियो । तर स्थिति नियन्त्रणबाहिर जाँदै गएपछि प्रशासनले कर्फ्यु क्षेत्र विस्तार गरी राष्ट्रपतिको कार्यालय शीतल निवास, उपराष्ट्रपतिको कार्यालय लैनचौर, नारायणहिटी दरबार संग्रहालय र सिंहदरबार आसपाससम्म फैलाएको हो ।

प्रमुख जिल्ला अधिकारीको आदेशअनुसार दिउँसो १ बजेदेखि राति १० बजेसम्म निषेधाज्ञा लागू गरिएको छ । तर निषेधाज्ञा जारी भए पनि अवस्था अझै तनावपूर्ण नै रहेको प्रहरीले जनाएको छ ।