२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक वर्षमा निजामती सेवातर्फ दुई हजार उम्मेदवार स्थायी नियुक्तिका लागि सिफारिस, ५१ कारवाहीमा

अ+ अ-

काठमाडौँ । नेपालमा जागिर खोज्ने अधिकांश युवाको पहिलो गन्तव्य अझै पनि लोक सेवा आयोगको परीक्षा नै रहँदै आएको छ। आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन अनुसार सरकारी सेवामा प्रवेश गर्नेको संख्या उल्लेख्य रहेको छ।

आयोगको तथ्यांकअनुसार निजामती सेवातर्फ सञ्चालन भएका विभिन्न लिखित परीक्षाहरूको प्रथम चरणमा ६२,९६२ महिला र ७४,३७१ पुरुष गरी जम्मा १,३७,३३३ उम्मेदवार सहभागी भएका थिए। द्वितीय चरणको मूल परीक्षामा १७,७३५ महिला र ३५,८८६ पुरुष गरी कुल १,९०,९५४ उम्मेदवारले भाग लिएका थिए। परीक्षामा अनियमितता गर्ने सात महिला र ४४ पुरुष गरी कुल ५१ उम्मेदवार कारबाहीमा परेका छन्।

स्थायी नियुक्तिका लागि निजामती सेवातर्फ २,५८३ र राष्ट्रिय मानव अधिकार सेवातर्फ ९ जना गरी कुल २,५९२ उम्मेदवार सिफारिस भएका छन्। यसमध्ये महिला ९०२ र पुरुष १,६९० रहेका छन्। जिल्लागत रूपमा सबैभन्दा बढी उम्मेदवार सिफारिस हुने पाँच जिल्ला जुम्ला, स्याङ्जा, गुल्मी, धनुषा र काठमाडौँ रहेका छन्। मुस्ताङबाट एक जना मात्र सिफारिस भए भने मनाङबाट यस वर्ष कुनै उम्मेदवार सिफारिस हुन सकेन। सिफारिस हुने उम्मेदवारको औसत उमेर २९ वर्ष रहेको छ।

प्रतिवेदनअनुसार आयोगले प्रतिवेदन अवधिभर रिक्त पदपूर्तिका लागि १,५१३ विज्ञापन प्रकाशन गरेको थियो। यसमा ४९६ बढुवा, १४१ आन्तरिक प्रतियोगितात्मक, २८६ खुला प्रतियोगितात्मक र ५९० समावेशी समूहका विज्ञापन रहेका थिए।

अनलाइन प्रणाली मार्फत आन्तरिक, खुला र समावेशी समूहका विज्ञापनमा कुल ४,५९,८३४ दरखास्त प्राप्त भएका थिए। सबैभन्दा बढी दरखास्त सर्लाही, धनुषा, बारा, महोत्तरी र रौतहटबाट परेका थिए भने न्यून दरखास्त मनाङ, मुस्ताङ, रसुवा, रुकुम पूर्व र डोल्पाबाट आएका थिए। यस वर्ष दरखास्त दिने उम्मेदवारको औसत उमेर २८ वर्ष रहेको छ।

समावेशी समूहका लागि आयोगले ८४९ पदमा विज्ञापन प्रकाशन गरेको थियो। यसबाट १,०५६ उम्मेदवार स्थायी नियुक्तिका लागि सिफारिस भएका थिए, जसमा महिला ३६५, आदिवासी २७२, मधेशी २२२, दलित ९६, अपांग ४५ र पिछडिएको क्षेत्र ४२ रहेका छन्।

सुरक्षा निकाय तथा सङ्गठित संस्थाहरूका लागि आयोगले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र ४० सङ्गठित संस्थाका १७,४९२ पदमा विज्ञापन प्रकाशनको सहमति प्रदान गरेको थियो।

प्रतिवेदनमा आयोगले विगत चार वर्षमा दिएका सुझावहरूको कार्यान्वयन, संघीय निजामती सेवा ऐनको आवश्यकताका साथै दुर्गम क्षेत्रमा काम गर्ने कर्मचारीहरूको प्रोत्साहन, संगठित संस्थामा सेवा सुविधाहरूको एकरूपता, विश्वविद्यालय सेवामा एकल सेवा आयोगको आवश्यकता र समावेशी समूहहरूको सशक्तीकरण जस्ता १० विषयमा सुझाव प्रस्तुत गरेको छ।

लोक सेवा आयोग नियमावली, २०७९ (संशोधन सहित) को नियम २३ अनुसार सहायक स्तर द्वितीय श्रेणीदेखि शाखा अधिकृत तहसम्मका पदका लागि एकीकृत पूर्व योग्यता परीक्षा सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ। आर्थिक वर्ष २०८२/८३ मा सहायक स्तर द्वितीय श्रेणी, खरिदार वा सो सरह पदको पूर्व योग्यता परीक्षा सञ्चालन हुने भएको छ।