२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठको बिदाइ

अ+ अ-

काठमाडौँ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक एवं वरिष्ठ अंग प्रत्यारोपण सर्जन डा. पुकारचन्द्र श्रेष्ठ सेवा निवृत्त भएका छन्। 

श्रेष्ठ आजदेखि उमेरहदका कारण सरकारी सेवाबाट सेवा निवृत्त भएका हुन् । विसं २०६९ मा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मातहत रहेको केन्द्रको स्थापनाकालदेखि नै डा. पुकार केन्द्रको निर्देशकको रूपमा कार्य गर्दै आएका थिए। 

केन्द्रले आज कार्यकारी निर्देशक डा. पुकारको बिदाइ गरेको छ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, केन्द्रको सञ्चालक समितिका सदस्य एवं संस्कृतिविद् तिलक कायस्थ, समाजसेवी सोम थापासहित केन्द्रका कर्मचारीले डा. पुकारको योगदानको कदर गर्दै सम्मानसहित बिदाइ गरेको हो । 

प्रत्यारोपीहरूका तर्फबाट झंक श्रेष्ठ, केन्द्रका कर्मचारीका तर्फबाट डा. कल्पना श्रेष्ठ, स्थानीयवासीको तर्फबाट सोम थापा, नागरिक समाजका तर्फबाट मदनकृष्ण श्रेष्ठले डा. पुकारले कलेजो र मिर्गौला प्रत्यारोपण सेवालाई शून्यदेखि शिखरसम्म पुर्‍याएर देशलाई अमूल्य योगदानको कदर स्वरूप दोसल्ला ओढाएर सम्मान गरेको थियो ।

 सो अवसरमा डा. श्रेष्ठकी पत्नी नवीना श्रेष्ठलाई पनि सम्मान गरिएको थियो । बिदाइ कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले डा. पुकारको सक्षम नेतृत्व र केन्द्रका कर्मचारीको अथक प्रयासका कारण नै केन्द्रले देशकै सबैभन्दा बढी मिर्गौला र कलेजो प्रत्यारोपण गर्ने केन्द्रका रूपमा स्थापित भएको बताए ।

तेह्र वर्षको अवधिमा १५ सयभन्दा बढी मिर्गौला प्रत्यारोपण, ३५ जनाको कलेजो प्रत्यारोपण, सात जनाको मस्तिष्क मृत्यु भएका व्यक्तिको अंगदानबाट १३ जनामा मिर्गौला, चार जनामा कलेजो तथा एक जनामा कलेजो र मिर्गौलाको सफल प्रत्यारोपण गरेर इतिहास रच्न सफल भएकोमा डा. पुकारसहित केन्द्र परिवारलाई धन्यवाद दिइयो । 

प्रत्यारोपी झंक श्रेष्ठले डा. पुकारले नेपालको अंक प्रत्यारोपणको क्षेत्रमा दिएको योगदान सबै नेपालीले सधैँ स्मरण गरिरहने बताउँदै डा. श्रेष्ठको अवकाशप्राप्त जीवनको शुभकामना व्यक्त गरे । केन्द्रका प्रशासनिक अधिकृत हरिहर पोखरेलले डा. श्रेष्ठ अवकाशमा गए पनि केन्द्रलाई उनको साथ, सहयोग र सल्लाह सधैँ प्राप्त भइरहने विश्वास व्यक्त गरे । 

वरिष्ठ नेफ्रोलोजिष्ट डा. कल्पना श्रेष्ठले डा. पुकारको योगदान सधैँ स्मरण रहने बताइन् । बिदाइ समारोहलाई सम्बोधन गर्दै सेवा निवृत्त डा. पुकारले केन्द्रको स्थापनाकालदेखि अहिलेको अवस्थासम्म सहयोग गर्ने व्यक्तिहरूलाई स्मरण गर्दै सबैको साथ र सहयोगले केन्द्रले अहिलेको सफलता प्राप्त गरेको बताए । 

मिर्गौला प्रत्यारोपणका क्षेत्रमा केन्द्रमार्फत शून्यदेखि शिखरसम्म पुर्‍याउन केन्द्रका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको योगदानको उच्च मूल्यांकन गर्दै भविष्यमा पनि आफूले सक्दो सहयोग गर्न तत्पर रहेको डा. पुकारले बताए । सो अवसरमा केन्द्रको अन्तर कथा नामक पुस्तकको समेत विमोचन गरिएको थियो ।