२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री कार्यालयबाट तीन विभाग फिर्ता: जासुसी अड्डा गृहमै फर्काइयो, राजश्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण अर्थमा

अ+ अ-

काठमाडौँ । सरकारले अनावश्यक ढाँचा खारेज, खर्च कटौती र कार्यसम्पादन प्रभावकारिता बढाउने उद्देश्यसहित तीन महत्त्वपूर्ण विभागलाई पुरानै घरमा फर्काउने निर्णय गरेको छ। यसअन्तर्गत गृह मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लगिएको जासुसी संस्था राष्ट्रिय अनुसन्धान विभागलाई पुनः गृह मन्त्रालयमै राख्ने निर्णय गरिएको छ। सुरक्षा संवेदनशीलता, इन्टिलिजेन्स एक्सीलेन्स, विगतको अभ्यास र निकायबीचको समन्वयलाई सहज बनाउन भन्दै विभागलाई पुरानै मातहत फर्काइएको जनाइएको छ ।

यस्तै, अर्थ मन्त्रालयको मातहतबाट निकालेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ल्याइएका राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पुनः अर्थ मन्त्रालयकै मातहतमा ल्याएर पुनर्संरचना गर्ने तयारी भएको छ। अन्तर्राष्ट्रिय अभ्यास, कार्यसम्पादन प्रभावकारिता र मुलुकलाई ग्रे लिस्टबाट बाहिर निकाल्न यी विभागलाई एउटै छातामुनि ल्याउनु अपरिहार्य ठहरिएको सरकारको भनाई छ । यससँगै राजस्व चुहावटको प्रभावकारी नियन्त्रण हुने अपेक्षा गरिएको छ।

यसैबीच, सरकारले भूमि समस्या समाधान आयोगलाई खारेज गर्ने व्यवस्था मिलाउँदै छ। सङ्घ, प्रदेश र स्थानीय तहमा दोहोरोपन वा तेहरोपन हुने संरचना हटाउने नीति अन्तर्गत आयोग खारेजी अघि सारिएको हो।

त्यसै गरी, कन्ट्र्याक्टिङ अउट र अउट सोर्सिङबाट हुने कामलाई आधार मानेर स्थायी संरचना सिर्जना नगर्ने स्पष्ट व्यवस्था गरिएको छ। खर्च कटौती र ढुकुटीमा अनावश्यक भार कम गर्ने उद्देश्यले अब कुनै निकायले अस्थायी स्वरूपका प्रोजेक्टलाई स्थायी दरबन्दीको रूपमा रूपान्तरण गर्न नपाउने प्रावधान ल्याइएको हो।

यस्तै, सङ्घ, प्रदेश तथा स्थानीय तहमा स्वीकृत दरबन्दी बाहेक अस्थायी वा करारमा कर्मचारी राख्न पनि रोक लगाइएको छ। यस व्यवस्थाले दरबन्दी नियन्त्रण, खर्च कटौती र कर्मचारीतन्त्रलाई चुस्त–दुरुस्त बनाउन मद्दत गर्ने सरकारको विश्वास छ।