२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

८० प्रतिशतभन्दा बढी डेन्टल डाक्टर फेल

अ+ अ-

काठमाडौँ । एमबीबीएस र बीडीएस सकाएर चिकित्सक बन्ने तयारी गरेका सयौँ विद्यार्थी पहिलो पहिलो खुड्किलोमै फेल भएका छन् । विशेष गरी डेन्टल (बीडीएस) तर्फको नतिजा  पूर्णरूपमै निरासाजन आएको छ ।

यस्तो परिणामले चिकित्सा शास्त्र पढाउने विश्वविद्यालय र कलेजहरूको शैक्षिक गुणस्तरमाथि प्रश्न उठाएको छ । नेपाल मेडिकल काउन्सिलले सञ्चालन गरेको चिकित्सक दर्ता प्रमाणपत्र लाइसेन्स परीक्षामा ६१ प्रतिशत फेल भएका छन् ।

काउन्सिलले गत बुधबार र बिहीबार चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा सञ्चालन गरेको थियो । यस पटकको लाइसेन्स परीक्षाको नतिजा भने निराशाजनक देखिएको छ ।

जसमा एमबीबीएस र बीडीएसमा गरी १ हजार ७७ जना परीक्षा दिएका मध्ये ६५६ जना फेल नै भए । एमबीबीएसमा भने ४२ प्रतिशत र बीडीएसमा १८ प्रतिशत मात्रै पास भएका छन् ।

काउन्सिलका अनुसार एमबीबीएस र बीडीएसमा गरी ३९.०९  प्रतिशत मात्रै पास भएका छन् । काउन्सिलका रजिष्ट्रार डा. सतीशकुमार देवका अनुसार परीक्षाका लागि  १ हजार १०३ जनाले फारम भरेकामा २६ जना अनुपस्थित  थिए ।

एमबीबीएसतर्फ ९१५ जनाले फारम भरे पनि २१ जना अनुपस्थित थिए । ८९४ जनाले परीक्षा दिएकोमा ३८६ जना मात्रै पास भए । यस्तै बीडीएसतर्फ १८८ जनाले फारम भरेका थिए । तर ५ जना अनुपस्थित रहे ।  १८३ सहभागीमध्ये ८१ प्रतिशत फेल भए ।