२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देवेन्द्र पौडेलले भने : ‘नेतृत्वको अपमान र बाहिरबाट परिवर्तन गर्न खोज्ने रवैया स्वीकार्य छैन’

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले अहिले अन्तर्राष्ट्रियरूपमा देखिएका गतिविधि र प्रवृत्तिहरूको गम्भीर समीक्षा गरेर अघि बढ्नुपर्ने औँल्याएका छन् । केन्द्रीय कमिटी बैठकमा आफ्नो धारणा राख्दै समाजवादी क्रान्ति फेरि नेतृत्व माओवादीले गर्नुपर्ने बताए ।

उनले भने, ‘सुशासन, समृद्धि र सामाजिक न्यायसहित राष्ट्रिय मुक्ति र समाजवादी लक्ष्य समेटिएको आन्दोलन चाहिन्छ । हालको प्रवाह साम्राज्यवादी डिजाइनअनुसार अघि बढिरहेको देखिन्छ, त्यसैले साथीहरूसँग मैले यो विषय उठाएको हुँ । अहिले हामीले कसरी सम्हालिने, कसरी महाधिवेशनतर्फ जाने र कसरी सबै गणतन्त्रवादी तथा लोकतान्त्रिक शक्ति र वामपन्थी दलहरूलाई नजिक ल्याएर संयुक्त मञ्च तयार गर्ने भन्नेमा केन्द्रित हुनुपर्छ ।’

संविधान, संसद् र प्रदेशको विघटन र स्थानीय तहविरुद्धको बहस चलिरहेको बताए ।

उनले भने, ‘त्यसको रक्षा गर्ने जिम्मेवारी पार्टीलाई र हामीले महाधिवेशनमार्फत त्यसलाई मजबुत बनाउनु पर्नेछ । फेरि समाजवादी क्रान्ति नेतृत्व गर्ने जिम्मा हामीले लिनु पर्छ । म विश्वस्त छु यदि हामी आफैँलाई सम्हालेर एकत्रित भएर अघि बढ्यौँ भने निराश हुनुपर्दैन हाम्रो पहलले फेरि बल पाउँछ ।’

अहिले काँग्रेस र एमालेमाथिको जेन जी पुस्ताको आक्रमण मुख्यतया सरकार र सरकारको पक्षमा रहेको धारातर्फ केन्द्रित रहेको बताए ।

उनले भने, ‘हामी प्रतिपक्षमा हुँदा कतिपय मुद्दामा समर्थन र कतिपयमा भिन्नता भयो तर नेतृत्वप्रति व्यक्तिगत अपमान वा नेताहरूलाई बाहिरबाट परिवर्तन गर्न खोज्ने रवैया स्वीकार्य छैन । नेतृत्व यही भित्रबाट उदाउनु पर्छ कमरेडहरूले पार्टीभित्रै बसेर नेतृत्व गर्ने हो । नेतृत्वले पार्टी एक केन्द्रित, अनुशासित र चुनौती सामना गर्न सक्षम बनाउनु पर्छ ।’

उनले विगतमा योगदान गरेको नेताहरूलाई पनि सम्मानका साथ अघि बढाउनुपर्ने बताए ।

उनले थपे, ‘यदि गुट म्यानेज गर्न नसक्ने र आन्तरिक झगडा बढ्ने हो भने हामी हार्ने जोखिममा पर्नेछौँ । त्यसकारण यो कुनै खेलतानी होइन हामीले एकजुट भएर काम गर्नुपर्छ । कमरेड अध्यक्षमा केही कमजोरी हुन सक्छन् तर व्यक्तिको अपमान नगरौँ विगतमा योगदान गरेको साथीहरूलाई पनि सम्मानका साथ अघि बढाउनुपर्छ ।’