२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री घिसिङले गरे बीपी राजमार्गको निरीक्षण

अ+ अ-

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङले बीपी राजमार्गमा सवारीको आवतजावत तथा क्षतिग्रस्त सडकको पुनर्निर्माणबारे बुधबार निरीक्षण गरेका छन् ।

चाडपर्वमा यात्रुहरूलाई बीपी राजमार्गबाट यात्रा गर्दा भोग्नु परेका समस्या, ट्राफिक व्यवस्थापन तथा गत सालको बाढीले राजमार्गमा पुर्‍याएको क्षतिपश्चात्को पुनर्निर्माणको अवस्था बुझ्न चाडपर्वको बीचमा मन्त्री घिसिङ स्वयं सडक विभागका महानिर्देशक र सम्बन्धित आयोजनाका अधिकारीसहित फिल्डमा खटिएका हुन् ।

मन्त्री घिसिङले चाडपर्वमा काठमाडौं आवतजावत गर्ने यात्रुहरूले सास्ती नभोग्न सहज ट्राफिक व्यवस्थापनको लागि अस्थायी रूपमा गरिने कार्यलाई चुस्त राख्दै स्थायी रूपमा भइरहेको राजमार्ग पुनर्निर्माणको कार्यलाई छिटो सम्पन्न गर्न सम्बन्धित पक्षलाई आग्रह गरे । गत साल असोजमा आएको बाढीले क्षति गरेको बीपी राजमार्गको २५ किलोमिटर खण्डमा ठेक्का सम्झौता भई काम अघि बढाइएको छ । बाँकी रहेको खण्ड भने जाइकाले अनुदान सहयोगमा बनाइदिने भएको छ ।

संघीय राजधानीलाई पूर्वी क्षेत्रसँग जोड्नका लागि महत्त्वपूर्ण रहेको उक्त बीपी राजमार्ग जापान सरकारको अनुदान सहयोगमा निर्माण सम्पन्न भएको थियो । १६० किलोमिटर लम्बाइ रहेको बीपी राजमार्ग गत सालको बाढीले ३०।५ किलोमिटर क्षतिग्रस्त भएको थियो । हाल भइरहेको इन्टरमिडियट लेनलाई अब बन्ने क्षतिग्रस्त राजमार्गको खण्डमा भने दुई लेनको बनाइने छ ।