२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाँच प्रदेशमा उच्च सतर्कतासहित जोखिमयुक्त स्थानमा यात्रा नगर्न आग्रह

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको स्वकीय सचिवालयले असोज १७ गतेदेखि २० गतेसम्म पाँच प्रदेशमा भारी वर्षा र बाढीको जोखिम उच्च हुने भन्दै सबैमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा मनसुनी गतिविधि सक्रिय भई कतिपय स्थानमा भारी वर्षा र अति भारी वर्षा हुन सक्ने देखिएको छ। 

यस क्रममा नारायणी, बागमती, कमला र कोशी नदीसहितका सहायक नदीमा पानीको सतह बढ्न सक्ने र खतरा तह नजिक पुग्ने अनुमान गरिएको छ।

त्यस्तै, मधेश प्रदेशका महाभारत र चुरे हुँदै बग्ने स–साना नदीमा आकस्मिक बाढी र खहरे खोलाको जोखिम उच्च रहेको चेतावनी दिइएको छ। काठमाडौँ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ, बारा, पर्सा, सर्लाही, रौतहटलगायत जिल्लामा डुबान तथा आकस्मिक बहावको सम्भावना देखिएकाले सतर्कता अपनाउन आग्रह गरिएको हो।

सचिवालयले गर्भवती महिला, बालबालिका, वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति तथा गम्भीर बिरामीलाई सुरक्षित स्थानमा सार्न विशेष ध्यान दिन र आधिकारिक निकायले जारी गर्ने सूचनाको पालना गर्दै जोखिमयुक्त स्थानमा यात्रा नगर्न अनुरोध गरेको छ।

यस्तै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रदेश तथा जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय तह र अन्य सरोकारवाला निकायहरूलाई पूर्वतयारी, प्रतिकार्य, खोज तथा उद्धार, राहत र पुनर्स्थापनाका कार्य प्रभावकारी रूपमा सम्पादन गर्न समेत निर्देशन गरिएको छ।