२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सडक अवरुद्ध हुँदा यातायात प्रभावित, सुचारु गर्न सबै संयन्त्र परिचालन

अ+ अ-

काठमाडौँ । हालै देशका विभिन्न स्थानहरूमा देखिएका बाढी र पहिरोका कारण सडकमा क्षति पुगेको छ । बाढी पहिरो र अन्य घटनाले सडक अवरुद्ध हुँदा यातायात प्रभावित भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले क्षतिग्रस्त सडक मर्मत तथा पुनः सञ्चालनका लागि आवश्यक उपकरण, जनशक्ति र स्रोत परिचालन गरी काम अघि बढाइरहेको जनाएको छ । विशेष गरी प्रमुख राजमार्गका अवरुद्ध खण्डहरू खुलाउने कार्यलाई उच्च प्राथमिकतामा राखिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सडक विभागले यातायात यथाशीघ्र पुनस् सुचारु गर्न आवश्यक सबै जनशक्ति, उपकरण र स्रोत परिचालन गरिएको जनाएको हो ।

प्रमुख राजमार्गका अवरुद्ध खण्डहरूमा दिनरात मर्मत कार्य तीव्र रूपमा जारी रहेको र बाँकी सडकहरू पनि शीघ्र सञ्चालनमा ल्याउने प्रतिबद्धता मन्त्रालयले गरेको छ ।

हिजोदेखि नै मेसिन र जनशक्ति परिचालन गरी काठमाडौँबाट-पश्चिम-मुग्लीन हुँदै पोखरा र नारायणघाट तर्फ जाने पृथ्वी राजमार्ग, नारायणघाट-मुग्लिन राजमार्गका अवरोध हटाई सवारी सञ्चालन हुनसक्ने बनाई सकिएको मन्त्रालयले जनाएको छ ।

अवरुद्ध वीपी राजमार्ग (भकुण्डेवेसी-नेपालथोक खण्ड) र मेची राजमार्ग यथाशक्य छिटो सञ्चालनमा ल्याउने गरी अवरोध हटाउने र डाइभर्सन बनाउने काम सुरु भएको समेत मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी र स्थानीय निकायसँग सहकार्य गरी सडक चाँडै सञ्चालनमा ल्याउन प्रयास भइरहेको जनाएको छ ।

सडकको अद्यावधिक जानकारीका लागि सडक विभागको आधिकारिक वेबसाइट वा विभागको कल सेन्टर ९८५१४१६८९३ मा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयले घटनामा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । साथै घाइते तथा प्रभावित नागरिकप्रति सहानुभूति व्यक्त गर्दै कठिन परिस्थितिमा पनि धैर्य र संयम राख्न अनुरोध गरेको छ ।