२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतीय प्रहरीको इन्काउन्टरमा मारिए नेपालका भीम जोरा

अ+ अ-

काठमाडौँ । हत्या, डकैती र चोरीको अभियोग लागेका एक नेपाली नागरिक भारतीय प्रहरीको इन्काउन्टरमा मारिएका छन् ।

भारतीय प्रहरीका अनुसार भीम जोरा नाम गरेका उनी कुख्यात अपराधी थिए र उनका बारेमा सूचना दिनेलाई एक लाख रुपैयाँ पुरस्कार घोषणा गरिएको थियो ।

दिल्लीस्थित आस्थाकुञ्ज पार्कमा सोमबार राति गुडगाउँ र दिल्ली प्रहरीसँगको झडपमा उनको मृत्यु भएको प्रहरीले मंगलबार बिहान जानकारी दिएको टाइम्स अफ इण्डियाले जनाएको छ ।

जोरा प्रमुख भारतीय सहरहरूमा चोरीमा संलग्न एक नेपाली गिरोहका नेता रहेको भारतीय प्रहरीले जनाएको छ । उनीविरुद्ध धेरै मुद्दाहरू थिए, जसमा मे २०२४ मा दिल्लीको जांगपुरामा डा. योगेशचन्द्र पौलको हत्या र अक्टोबर २ मा गुडगाउँको सेक्टर ४९ मा भाजपाका मेहरौली जिल्ला उपाध्यक्ष ममता भारद्वाजको घरमा भएको २० लाख रुपैयाँको चोरी पनि समावेश थियो ।

चोरीको मुद्दामा प्रहरीले जोराका एक सहयोगीलाई पक्राउ गर्दा सोधपुछका क्रममा उनी नै मुख्य योजनाकार रहेको नाम बाहिर आएको थियो ।

गुडगाउँका प्रहरी उपरीक्षक राजेशकुमार फोगट र सहायक प्रहरी आयुक्त ललित दलालको नेतृत्वमा भएको सोमबारको कारबाहीका क्रममा जोराले गोली चलाएको र इन्स्पेक्टर नरेन्द्र शर्मा जोगिन सफल भएको भारतीय प्रहरीले जनाएको छ ।

प्रहरी नजिक पुग्दा जोराले गोली चलाएको र जवाफी कारबाहीमा उनी गम्भीर घाइते भएको प्रहरी दाबी छ । उनलाई तत्काल एम्स ट्रमा सेन्टर लगिएको थियो, जहाँ उनी मृत घोषित भए । उनीसँग भएका एक सहयोगी भने भाग्न सफल भएका छन् ।