काठमाडौँ । सरकारले आधा दर्जनभन्दा बढी सहसचिवहरूको सरुवा गरेको छ ।
बिहीवार (आज) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको प्रशासन सिंहदरवार विशेष ब्यूरो स्रोतले जानकारी दिएको छ ।







