२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजीनामाको चेतावनी दिएको छैन भन्दै प्रहरी महानिरीक्षकको प्रष्टीकरण

अ+ अ-

काठमाडौँ । प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएमा राजीनामा दिने चेतावनी दिएको भनी केही सञ्चारमाध्यममा प्रकाशित समाचारको खण्डन गरेका छन् ।

उनको सचिवालयले एक व्यक्ति जारी गर्दै प्रधानमन्त्री र गृहमन्त्रीसँग सौहार्दपूर्ण छलफल भएको दाबी गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘केही दिनयता विभिन्न पत्रपत्रिकाहरू र सञ्चारमाध्यमहरूमा प्रकाशित वा प्रसारित प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ्गले ‘पूर्वप्रधानमन्त्री केपि शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब सृजना गरिए वा बाध्य बनाइए राजीनामा दिन्छु’ भनेको भन्ने आशयका भ्रामक समाचारहरूको सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ । प्रहरी महानिरीक्षकज्यूले कहीँ कतै त्यस्तो आशय झल्कने अभिव्यक्ति नदिएको जानकारी गराउँदै सम्माननीय प्रधानमन्त्रीज्यू र माननीय गृहमन्त्रीज्यूसँग भएका सुरक्षा बैठक र प्रतिवेदनहरूमा समसामयिक घटनाक्रमहरू वा सोबाट सृजित सुरक्षा चुनौतीहरूको बारेमा विश्लेषण गर्दै शान्ति सु–व्यवस्था कायम गर्ने विषयमा मात्र केन्द्रित भई सौहार्दपूर्ण छलफल गरेको ब्यहोरा सम्बन्धित सबैलाई सूचित गरिएको छ ।’

प्रधानमन्त्री र गृहमन्त्रीले ओली–लेखकलाई पक्राउ गर्न दबाब दिएपछि खापुङले त्यसलाई अस्वीकार गर्दै बरु आफूले राजीनामा गर्ने चेतावनी दिएको समाचारहरू प्रकाशित भएका थिए ।