काठमाडौँ । कारागार व्यवस्थापन विभागले गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा जेलबाट भागेका ६ हजार ४९६ अझै फरार रहेका छन् ।
फरार कैदीमध्ये ५ हजार ८ सय ६८ नेपाली, ५ सय ४० भारतीय र अन्य देशका १०८ गरी ६ हजार ४ सय ९६ कैदी बन्दी अझै फरार रहेको विवरण नामसहित विभागले सार्वजनिक गरेको छ ।
अहिलेसम्म ९ हजार ८ जना कैदी बन्दी कारागार फर्किएको पनि विभागले जनाएको छ ।
जेनजी आन्दोलनको क्रममा देशभरका विभिन्न कारागारबाट कैदी बन्दीहरू फरार भएका थिए ।







