२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महाकवि देवकोटा सङ्ग्रहालयलाई सरकारले सञ्चालन गर्नुपर्नेमा जोड

अ+ अ-

काठमाडौँ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको घरमा बनाइएको सङ्ग्रहालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नै सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ ।

महाकवि देवकोटाको ११७औँ जन्म जयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले आज मैतीदेवीस्थित सङ्ग्रहालयमा आयोजना गरेको व्यक्तित्व चर्चा तथा कविता वाचन कार्यक्रममा कुलपति भूपाल राईले मन्त्रालयले सञ्चालन गरेमा यसको गरिमा बढ्ने बताएका हुन् । 

२०७९ सालमा लक्ष्मी जयन्तीकै अवसर पारेर सङ्ग्रहालय शुभारम्भ गरिए पनि अझै धेरैले यसका बारेमा जानकारी नपाएको उनले सुनाए।

उनले भने, “यो अझै सङ्ग्रहालय भइसकेको छैन, सङ्ग्रहालय हुन जस्तो छ, त्यस्तै बनाइनुपर्ने थियो, तर त्यस्तो बनाइएन, म यो घरमा २०३८, २०३९ सालतिर आएको थिएँ, त्यसबेला भएजस्तो घर यो रहेन, डिल्लीरमण रेग्मी पुस्तकालय शिक्षा मन्त्रालयले नै चलाएजस्तै यो पनि संस्कृति मन्त्रालयले चलाउनुपर्छ ।” 

नेपालमा सङ्ग्रहालय बुझ्ने सांस्कृतिक चेतना नहुँदा पनि अप्ठ्यारो भएको उनले सुनाए । सङ्ग्रहालय बुझ्नेगरी सांस्कृतिक चेतना फैल्याउनुपर्ने कुलपति राईको भनाइ छ । लक्ष्मी जयन्तीमा पहिलो पटक राजवंशी भाषाको पनि कविता वाचन गरेर बहुभाषिक कार्यक्रम गरिएको प्रतिष्ठानले जनाएको छ ।

महाकवि देवकोटाका सुपुत्र प्रा डा पद्मप्रसाद देवकोटाले लक्ष्मीप्रसाद देवकोटाले कवितामा प्रयोग गर्ने मिथकमा आफूले आध्यात्मिकता पाएको बताए । महाकवि देवकोटामा कल्पना, भाषाको प्रयोग र दूरदर्शिताको क्षमता आफूले पाएको पनि उनले स्मरण गरे । 

महाकवि देवकोटाका बारेमा अवधारणा पत्र प्रस्तुत गर्दै डा. बालकृष्ण अधिकारीले निधन भएपछि पनि धेरैले मनदेखि श्रद्धा गरेका व्यक्तित्वका रूपमा आफूले लक्ष्मीप्रसादलाई पाएको बताए । महाकवि देवकोटाका बारेमा दर्जन बढी व्यक्तिले विद्यावारिधि शोध तयार पारेको उनले सुनाए । लक्ष्मीप्रसाद देवकोटाले नै नेपालमा पहिलो मौलिक महाकाव्य शाकुन्तलको रचना गरेका थिए। अवधारणा पत्रमाथि टिप्पणी गर्दै समालोचक सुधा मैनालीले महाकवि देवकोटा विश्व साहित्यमा नै योगदान गरेका व्यक्तित्वका रूपमा दर्ज भएको बताए। 

सो अवसरमा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य एवं काव्य विभाग प्रमुख बाबा बस्नेतले साहित्य संस्कृतिको अभिव्यक्तिका रूपमा रहेको बताए। कार्यक्रममा कवि एवं कवयित्रीहरु प्रभा भट्टराई, मनोज न्यौपाने, समिरन चालिसे, सानु गुल्मेली, शोभा दुलाल, मिसन अधिकारी, मिथोच, उषा शेरचन, अन्जु राजवंशी, सन्तोष श्रेष्ठलगायतले कविता, गजल, गीतलगायत रचना वाचन गरेका थिए ।