२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन महिनामा चार अर्ब १५ करोड राजस्व संकलन

अ+ अ-

झापा । मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासिक अवधिमा लक्ष्यको ९५ प्रतिशत राजस्व असुली गरेको जनाएको छ । पूर्वी नाका काँकडभिट्टास्थित भन्सार कार्यालयले चालु आवको साउन, भदौ र असोज महिनामा रु. चार अर्ब ३६ करोड २८ लाख ५५ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा रु. चार अर्ब १५ करोड २० लाख आठ हजार असुली गर्न सफल भएको कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले जानकारी दिए ।

उनका अनुसार सबैभन्दा बढी राजस्व आयातित सामानको भन्सार महसुलतर्फ रु. एक अर्ब ८० करोड ५३ लाख ७९ हजार ५४९ असुली भएको छ । आयातित सामानको मूल्य अभिवृद्धि करतर्फ रु. एक अर्ब ४९ करोड २३ लाख ६४ हजार ३९३, सडक मर्मत तथा सुधार दस्तुरतर्फ रु. १३ करोड १७ लाख १२ हजार, आयातको अन्त: शुल्कतर्फ रु. ११ करोड तीन लाख ५९ हजार ९३, निर्यातको भन्सार महसुलतर्फ रु. १० करोड ६२ लाख १० हजार १२४ र पूर्वाधार करतर्फ रु. ३९ करोड ५३ लाख ६० हजार राजस्व असुली भएको भन्सारको त्रैमासिक प्रगति विवरणमा जनाइएको छ । 

जेन जी आन्दोलनबाट प्रभावित मानिएको चालु आवको गत असोज महिनामासमेत भन्सारले लक्ष्यभन्दा बढी राजस्व असुली गरेको छ । मासिक लक्ष्यको १०१ प्रतिशत राजस्व असुली गर्न सफलता मिलेको भन्सार कार्यालयले जनाएको छ ।

कार्यालयले असोज महिनामा रु. एक अर्ब ५० करोड ४९ लाख २४ हजार राजस्व असुलीको लक्ष्य लिएको थियो । तर, सो अवधिमा रु. एक अर्ब ५२ करोड २४ लाख ९० हजार राजस्व असुली गरेको सूचना अधिकारी हुमागाईँको भनाइ छ ।