काठमाडौँ । पाल्पामा वृद्ध महिलाको कुटपिट गरेर हत्या भएको छ ।
गए राति १२ बजेतिर ६७ वर्षकी फूलमाया जिसीको कुटपिट गरेर हत्या भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार स्थानीय ३७ वर्षका मिनबहादुर विश्वकर्माको कुटपिटबाट जिसीको घटनास्थलमै मृत्यु भएको हो ।
विश्वकर्माकै कुटपिटबाट फुलमायाको ८२ वर्षीय श्रीमान् प्रेमबहादुर जिसी गम्भीर घाइते भएका छन् । उनको तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचारका लागि पठाइएको भए पनि थप उपचारका लागि लुम्बिनी सिटी अस्पताल बुटवलमा रिफर गरिएको छ ।
घटनामा संलग्न विश्वकर्मालाई प्रहरीले उनकै घरबाट नियन्त्रणमा लिएको छ । घरमा लुकेर बसेको अवस्थामा विश्वकर्मालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।







