२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कञ्चनपुरको दोदा नदीमा पुल निर्माण अन्तिम चरणमा,९० प्रतिशत पूरा

अ+ अ-

कञ्चनपुर । कञ्चनपुरस्थित दोदा नदीमा निर्माणाधीन पुलको काम ९० प्रतिशत पूरा भएको छ।

सडक डिभिजन कार्यालय महेन्द्रनगरका अनुसार पुल निर्माणको कार्य आगामी पुष मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित तीव्र गतिमा भइरहेको छ। हालसम्म पुलको ‘सुपरस्ट्रक्चर’ निर्माण कार्य पूरा भइसकेको र अब दुवै तर्फ पर्खाल निर्माण तथा माटो भरानको काम भइरहेको कार्यालयले जनाएको छ ।

पुल निर्माणको कुल अनुमानित लागत रु २४ करोड ७३ लाख ८० हजार रहेकोमा लुम्बिनी–राजेन्द्र–कुमार–श्रेष्ठ जेभीसँग रु २४ करोड ३ लाख ९२ हजारमा ठेक्का सम्झौता भएको हो। विसं २०७२ पुस २६ गते तीन वर्षभित्र काम सम्पन्न गर्ने गरी सम्झौता भए पनि ठेकेदारको ढिलासुस्तीका कारण तोकिएको समयमै कार्य सम्पन्न हुन सकेको छैन।

हाल म्याद थपिएर काम जारी रहेको र आगामी पुष मसान्तसम्म पूरा गर्ने तयारी भइरहेको जोशीले बताउनुभयो। उनका अनुसार चालु आर्थिक वर्षमा पुल निर्माणका लागि मात्र रु ४० लाख विनियोजन भएकोले आवश्यक बजेट अभावका कारण काममा समस्या आउने चिन्ता छ। पुलको बाँकी काम सम्पन्न गर्न अझै करिब रु चार करोड आवश्यक पर्ने बताइएको छ।

स्थानीयवासी बच्चन रानाका अनुसार पुल नहुँदा हालसम्म नदी पार गर्न जोखिम मोलेर आवतजावत गर्नुपर्ने अवस्था रहेको छ। पुल निर्माण सम्पन्न भएपछि लाझाडी, शुक्लाफाँटा र कृष्णपुरका बासिन्दाको यातायात र आवागमन सहज हुने अपेक्षा गरिएको छ।