२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भिजिट भिसामा नयाँ नियम: अब राहदानी, भिसा, टिकट र स्वघोषणा मात्रै आवश्यक

अ+ अ-

काठमाडौँ । गृह मन्त्रालयले भिजिट भिसामा विदेश यात्रा गर्न लागू गरेको ६ बुँदे मापदण्ड खारेज गरेको छ। नयाँ व्यवस्था अनुसार अब ६ महिनाभन्दा बढी अवधि भएको राहदानी, गन्तव्य मुलुकको भिसा, दुईतर्फी हवाई टिकट र स्वेच्छाले यात्रा गर्न लागेको स्वघोषणा भए पुग्नेछ।

प्रशासन स्रोतका अनुशार अध्यागमन विभागको सिफारिसमा गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबारदेखि नयाँ मापदण्ड लागू गरेका हुन्। यसअघि लागू गरिएको ६ बुँदे मापदण्डमा होटेल बुकिङ, आफन्तसँग बस्ने भए तीन पुस्ते विवरण, ५ सय डलर अनिवार्य रूपमा साथमा हुनुपर्ने लगायतका कडा प्रावधान थिए। जसका कारण अनेक कागजात जुटाउन बिचौलिया प्रयोग गर्नुपरेको गुनासोसमेत आउने गरेको थियो । 

अव्यवहारिक भन्दै विभिन्न क्षेत्रबाट आलोचना भई रहँदा नयाँ मापदण्डले भिजिट भिसामा विदेश जान चाहनेहरूलाई सहजता बनाउनुका साथै दलाल तथा बिचौलियाद्वारा हुने आर्थिक शोषण पनि रोक्नेछ।

यसअघि २०७८ सालमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणले भिजिट भिसा सम्बन्धी १७ बुँदे कडा मापदण्ड जारी गरेका थिए। त्यसमा करयोग्य आम्दानी, बैंक मौज्दात, अध्ययन, अंग्रेजी ज्ञान, विदेश भ्रमण अनुभवजस्ता मापदण्डसमेत समावेश थिए। त्यसपछिका गृहमन्त्री नारायणकाजी श्रेष्ठको पालामा उक्त मापदण्ड संशोधन गरी ६ बुँदे बनाइएको थियो।

अब भने ती दुवै मापदण्डका विभेदकारी प्रावधान हटाएर नयाँ खुकुला ४ बुँदे मापदण्ड लागू गरिएको छ। यसले भिजिट भिसामा विदेश जान चाहनेलाई सहज बनाउने र भिसाका आवरणमा हुने तस्करी तथा ठगी नियन्त्रणमा मद्दत गर्ने अधिकारीहरूको भनाई छ ।