१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खेलाडीलाई व्यावसायिक बनाउन आवश्यक छ : मुख्यमन्त्री बानियाँ

अ+ अ-

चितवन । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले खेलक्षेत्रको विकासका लागि खेलाडीलाई व्यावसायिक बनाउन आवश्यक रहेको बताएका छन् ।

जिल्ला खेलकुद विकास समितिले आजदेखि नारायणी नदी किनारमा आयोजना गरेको बृहत् खेलकुद तथा व्यापारिक महोत्सवको उद्घाटन गर्दै उनले खेलाडीहरूलाई व्यावसायिक बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।

महोत्सवलाई टेलिफोनबाट सम्बोधन गर्दै उनले खेल क्षेत्रको विकास गर्न सके राज्यको विकास गर्न सहयोग पुग्ने बताए । खेललाई पर्यटनसँग जोडेर अघि बढाउन सकेमा मात्र देशको अर्थतन्त्र चलायमान बन्ने उनको भनाइ थियो । खेलाडी उत्पादन गरेर अन्तरराष्ट्रियस्तरका प्रतियोगितामा सहभागी गराउन र विजयी बनाउन यस्ता महोत्सवहरू आवश्यक रहेको उनको धारणा थियो ।

कार्यक्रममा बागमती प्रदेशका प्रदेशसभा सदस्यहरू उत्तम जोशी, माया श्रेष्ठ, गीता गुरुङ, बागमती प्रदेशको खेलकुद विकास परिषद्का सदस्यसचिव दीपक लामा, भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीलगायतले खेल क्षेत्रको विकासमा सबै तहका सरकार लाग्नुपर्नेमा जोड दिए । तीनै तहका सरकार लागेमा मात्र खेल क्षेत्रको विकास र खेलाडीहरूको मनोबल उच्च हुने उनीहरूको भनाइ थियो ।

आजदेखि सुरु भएको महोत्सव मङ्सिर २ गतेसम्म सञ्चालन हुने छ । महोत्सव अवधिभर विभिन्न खेल विधाका ८०० खेलाडीले आफ्नो कला देखाउनेछन् । यसै क्रममा बिच भलिबल, कराते, तेक्वान्दो, कवड्डी, ब्याडमिन्टन, सेपाकताक्रो, बुद्धिचाललगायतका प्रतियोगिताहरू हुने आयोजकले जनाएको छ ।