२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामान्यले लुकायो कर्मचारीको सरुवा सूची: असारमै सरुवा गरेर कार्तिकमा मात्र जानकारी

अ+ अ-

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको सरुवा सूची लुकाएको खुलेको छ । मन्त्रालयले असारमै सरुवा गरी करिब चार महिनापछि मात्रै जानकारी गराएको उदाहरण हालै सार्वजनिक भएको हो ।

मालपोत कार्यालय, विराटनगरमा कार्यरत नायव सुब्बा रोशन सिराललाई मन्त्रालयले असार ३० गते ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय वा त्यस अन्तर्गतको निकायमा सरुवा गरेको थियो । तर, सो सरुवाको जानकारी सिराललाई कार्तिक २६ गते अर्थात् बुधबार मात्र दिइएको हो ।

सिरालका अनुसार आफूलाई सरुवा गरिएको कुरा चार महिनासम्म थाहा नदिइएको र यो क्रममा मन्त्रालयले पत्र नै लुकाएर राखेको हो । “मन्त्रालयले असारमै सरुवा गरेर कार्तिकमा मात्र पत्र पठायो, त्यो पनि आफ्नो सरुवा अवधि नपुग्दै,” सिरालले भने, “मन्त्रालयको यस्तो मनपरीले कर्मचारीलाई अनावश्यक पीडा दिएको छ ।”

सिराल मालपोत कार्यालय विराटनगरमा कार्यरत भएको एक वर्ष मात्र भएको छ। संघीय निजामती सेवा ऐनअनुसार कर्मचारीलाई दुई वर्षको अवधि पूरा भएपछि मात्र सरुवा गर्न पाइने व्यवस्था छ। तर, मन्त्रालयले सो प्रावधानलाई बेवास्ता गरेको देखिन्छ।

मन्त्रालयले निजामती सेवा ऐन, २०४९ को दफा १८ को उपदफा (१) बमोजिम सरुवा गरिएको उल्लेख पत्रमा गरेको छ । तर, यस घटनाले मन्त्रालयभित्र कर्मचारी सरुवामा मनपरी र पारदर्शिताको अभाव रहेको आरोपलाई पुनः पुष्टि गरेको देखिन्छ ।

सिरालले भूमि व्यवस्था तथा अभिलेख विभाग, विराटनगरमार्फत मात्र हिजो सो पत्र प्राप्त गरेको प्रशासनलाई बताए । यसरी सरुवा सूची लुकाएर कर्मचारीलाई ढिलो सूचना दिनुले मन्त्रालयको कार्यप्रति गम्भीर प्रश्न उठेको छ।