२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आन्दोलनरत दललाई वार्तामा आउन नवनियुक्त मुख्यमन्त्री यादवको आग्रह

अ+ अ-

जनकपुरधाम । मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफूविरुद्ध आन्दोलनमा उत्रेका मधेसवादी राजनीतिक दललाई वार्तामा आउन आह्वान गरेका छन् । उनले  र सहमति तथा संवादको माध्यमबाट समस्या समाधान गर्नुपर्ने आग्रह गरेका छन् ।

मुख्यमन्त्री यादवले आज प्रदेशवासीको नाममा सम्बोधन गर्दै हरेक समस्याको समाधान वार्ता, संवाद र सहमतिबाट आउने भएकाले आन्दोलन रोकी सहकार्य र समन्वयका साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

आन्दोलनरत मधेसवादी दलहरूबीच मुठभेडको अवस्थामा हुनसक्ने भन्दै संवादको माध्यमबाट अहिलेको समस्या समाधान गर्नुपर्नेमा जोड दिए। मुख्यमन्त्री तथा संवैधानिक निकायको प्रमुखलाई वर्तमान अवस्थामा असुरक्षा रहेको गुनासो व्यक्त गर्दै मुख्यमन्त्री यादवले वार्ता नै संवादको उत्तम विकल्प रहेको धारणा राखे । 

मधेसवादी दलहरूको कुनै एजेण्डा नरहेको उल्लेख गर्दै मुख्यमन्त्री यादवले सर्वोच्च अदालतमा आफूविरुद्ध मुद्दा दायर गरी कानुनी प्रक्रिया अवलम्बन गर्नुपर्ने उल्लेख गरे । आफू नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको सुरक्षामा भए पनि आन्दोलनकारीको भूमिका उग्र हुँदा स्थिति मुठभेडतर्फ गएकाले आन्दोलन त्यागेर वार्तामा आउन उनले सबैलाई आग्रह गरे । 

“लोसपा नेतृत्वबाट मुख्यमन्त्री बनेका जितेन्द्र सोनलको सरकार आफ्नै सहयात्रीहरूको स्वार्थका कारण ढलेको हो”, मुख्यमन्त्री यादवले भने । सर्वोच्च अदालतको फैसलालाई आफूले स्वीकार गर्ने जनाउँदै उनले आफू सदैव संविधान र संघीयताको पक्षमा रहेको उल्लेख गरे ।