२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विना अनुमति निषेधित क्षेत्रमा विदेशी लैजाने ट्रेकिङ एजेन्सीमाथि कारवाही

अ+ अ-

काठमाडौँ । नेपाल ईन्भाइरोमेण्टल ट्रेक्स एण्ड एक्सपिडिसनले पदयात्रा अनुमति नलिई निषेधित क्षेत्रमा विदेशी नागरिकलाई पदयात्रा गराएको पाइएपछि अध्यागमन विभागले एजेन्सीमाथि कारवाही गरेको छ। विभागले पहिलो पटकका लागि अध्यागमन ऐन, २०४९ अनुसार उक्त एजेन्सीलाई ४५ हजार रुपैयाँ जरिवाना लगाएको हो।

एजेन्सीले दोलखा जिल्लाको गौरीशंकर क्षेत्रमा इटालीका नागरिक एना मार्कोन  र म्यासियोम कार्लानलाई लिएर गएको थियो। पदयात्रीहरूको आपत्कालीन उद्धार गर्नुपर्ने अवस्था आएपछि मात्र एजेन्सीले विभागसँग अनुमति मागेको पाइएको छ।

नेपाल सरकारले तोकेका निषेधित क्षेत्रमा पदयात्रा गर्नुअघि अध्यागमन विभागबाट अनुमति पत्र लिनुपर्छ। अध्यागमन नियमावली, २०५१ अनुसार यस्ता क्षेत्रमा पदयात्रा गर्न चाहने विदेशीले सम्बन्धित एजेन्सीमार्फत् अनुमति निवेदन दर्ता गराउनुपर्ने व्यवस्था छ।

उक्त यात्रामा कम्पनीतर्फबाट ट्रेकिङ गाइड भीम प्रसाद पनेरु सहभागी भएका थिए। उनीविरुद्ध आवश्यक कारबाहीका लागि पर्यटन बोर्डमा समेत पत्र पठाइएको विभागले जनाएको छ।

नेपालमा सीमा तथा सुरक्षा संवेदनशीलताका कारण विभिन्न स्थानहरू निषेधित क्षेत्रका रूपमा तोकिएका छन्। तीमध्ये माथिल्लो मुस्ताङ, माथिल्लो डोल्पा, हुम्लाको सिमकोट-नाम्खा-चुंखेली, गोरखाको मनास्लु क्षेत्र, कञ्चनजंघा क्षेत्र, दोलखाको गौरीशंकर-लामाबगर, किमाथांका, छेकम्पार, चुञ्चेत लगायतका क्षेत्र प्रमुख छन्।