२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आधिकारिक पत्र नआएसम्म वार्तामा नबस्ने विशेष महाधिवेशन पक्षधरको निर्णय

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशन पक्षधरलाई वार्ताका लागि बोलाएका छन् ।

सभापति शेरबहादुर देउवासँग शुक्रबार भएको छलफलपछि उनले विशेष महाधिवेशन पक्षधरलाई वार्ताका लागि बोलाएका हुन् ।

विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान सञ्चालन गर्ने नेतामध्येका एक गुरुराज घिमिरेले वार्ताका लागि कार्यवाहक सभापति खड्काले बोलाएको पुष्टि गरेका छन् ।

उनका अनुसार कार्यवाहक सभापति खड्काले विशेष महाधिवेशन पक्षधरलाई शनिबार बिहान साढे ८ बजेका लागि वार्तामा बोलाएका थिए ।

तर, विशेष महाधिवेशन पक्षधरले भने मौखिक रूपमा गरिएको वार्ताको निमन्त्रणालाई स्वीकार नगर्ने निर्णय गरेको नेता घिमिरेले जानकारी दिए ।

‘पार्टीले हामीलाई अफिसियल्ली पत्र व्यवहार गरेकै छैन । हामीले पार्टीलाई अफिसियल व्यवहार गरेका छौँ,’ घिमिरेले भने, ‘त्यसकारण अनअफिसियल व्यवहारलाई हामी सम्मान गर्छौँ । तर, हामी सहभागी हुँदैनौँ ।’

कार्यवाहक सभापति खड्काले वार्ताका लागि बोलाएपछि आफूहरू बैठक बसेको र बैठकबाट वार्तामा सहभागी नहुने निर्णय गरेको उनले बताए।

काँग्रेसको १४औँ महाधिवेशनका झण्डै ५४ प्रतिशत प्रतिनिधिले २९ असोजमा कार्यवाहक सभापति खड्कालाई विशेष महाधिवेशनको लिखित माग बुझाएका थिए।

विधानअनुसार माग भएको तीन महिनाभित्र महाधिवेशन आह्वान गर्नुपर्छ । विशेष महाधिवेशनको लागि माग गरिएको समयावधि २८ पुसमा सकिन्छ ।