काठमाडौँ । सचिव बढुवाका लागि तीन जना सहसचिवको नाम सिफारिस गरिएको छ । लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले रिक्त एक सचिवका लागि सहसचिव त्रय राजेन्द्र कुमार पौडेल, कमलप्रसाद भट्टराई र इन्दु घिमिरेको नाम बढुवाका लागि सिफारिस गरेको हो ।
पौडेल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत छन् । उनी आयोगका प्रवक्तासमेत हुन् । भट्टराई वैदेशिक रोजगार विभागको महानिर्देशक र घिमिरे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकी सहसचिव हुन् ।
अब बस्ने मन्त्रिपरिषद् बैठकले एक जनालाई सचिवमा बढुवा गर्ने निर्णय गर्नेछ । सम्भवत पौडेल सचिवमा बढुवा हुनेछन् ।







