२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अष्ट्रेलिया गोलीकाण्डमा मृतकको संख्या १५ पुग्यो

अ+ अ-

काठमाडौँ । अस्ट्रेलियाको सिड्नीस्थित बोन्डी समुद्रतटमा भएको गोली काण्डमा १५ जनाको मृत्यु भएको छ ।

गोली लागेर १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको हो । मृतकमा एक आक्रमणकारी पनि रहेको न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले जनाएको छ ।  

प्रहरी आयुक्त माल लानियोनले आक्रमणकारीहरू बुबा र छोरा भएको बताए। बुबा ५० वर्ष र छोरा २४ वर्षका छन्। प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानेर मारेको छ भने २४ वर्षीय छोरा गम्भीर घाइते भएका छन्।

घटनास्थलबाट ड्युटीमा रहेका प्रहरी अधिकारीहरूसहित ४२ जनालाई अस्पताल लगिएको छ। प्रहरीले आक्रमणकारी ५० वर्षीय पुरुषसँग हतियारको लाइसेन्स रहेको पाइएको बताएको छ। उनको नाममा छ वटा हतियार दर्ता गरिएको छ, जुन घटनास्थलबाट बरामद गरिएको प्रहरीले जनाएको छ।

घटनास्थलमा दुई सक्रिय विस्फोटक उपकरण पनि फेला परेका छन्, जसलाई प्रहरीले सुरक्षित रूपमा निष्क्रिय पारेको छ।अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले घटनालाई ‘देशका लागि अन्धकारमय क्षण’ भन्दै यहुदी समुदायप्रति ऐक्यबद्धता जनाएका छन् । विश्व नेताहरूले पनि घटनाको निन्दा गरेका छन् ।