२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

केन्द्रीय सदस्यमा पराजित विष्टले गरे एमाले परित्याग

अ+ अ-

काठमाडौँ । नेकपा एमाले नेता ठम्मर विष्टले केन्द्रीय सदस्यमा पराजित भएपछि पार्टी परित्याग गरेका छन् । एमालेको ११ औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा पराजित भएपछि विष्टले बिहीबार राजीनामा दिएका हुन् ।

उनले राजीनामा दिनुको कारण भने, पार्टीको आन्तरिक लोकतन्त्र, नेतृत्व शैली र मूल्य–मान्यतामा गम्भीर विचलन रहेको बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत लामो वक्तव्य जारी गर्दै आफू अब एमालेमा बसिरहन नसक्ने निष्कर्षमा पुगेको बताएका हुन् ।

उनले पछिल्लो समय भ्रष्टाचार, अनियमितता र नेतृत्वको अधिनायकवादी कार्यशैलीका कारण पार्टी दिनप्रतिदिन स्खलित हुँदै गएको आरोप समेत लगाएका छन् ।

‘जेन जेढ आन्दोलन’पछि देशमा सिर्जित गम्भीर मानवीय र भौतिक क्षतिबारे सरकार तथा पार्टी नेतृत्वले जवाफदेही भूमिका निर्वाह गर्नुपर्नेमा उल्टै आन्दोलनकारी, घाइते र आम जनतामाथि अपमानजनक व्यवहार गरिएको उनको आरोप छ ।

‘एकातिर जेनजी आन्दोलनपछि पार्टीको मुख्य नेतृत्व कमरेड ओली अधिनायकवादी शैलीमा आन्दोलनकारी, शहीद, घाइते र आम जनतालाई आलो घाउमा नुन चुक छर्ने काम गरी रहनु भएको छ’ उनले जारी वक्तव्यमा भनेका छन्, ‘अर्को तिर, नत पार्टीलाई एकताबद्ध बनाएर लैजाने कुनै लय उहाँमा देखिन्छ ।’

विष्टले मंसिर २४ गते अध्यक्ष ओलीसँग भेट गरेको र त्यति बेला ओलीले अपमानजनक व्यवहार गरेको आरोप समेत लगाएका छन् । ‘म सम्मानित अध्यक्षको अगाडि छु कि कुनै मालिकको अगाडि क्षमा दानको बिन्ती गर्न पुगेको हुँ भन्ने अनुभूति भयो,’ उनले भनेका छन् ।

आफूले उठाएका प्रश्नहरू व्यक्तिगत आक्षेप नभई पार्टी र नेतृत्वलाई अझ माथि उठाउने उद्देश्यसहितको स्वच्छ रचनात्मक आलोचना मात्र भएको उनले बताएका छन् ।

विष्टले ११औँ महाधिवेशनमा उम्मेदवार छनोट र निर्वाचन प्रक्रियामा समेत पार्टी ओलीको निर्देशनमै एक्ल्याउने काम भएको बताएका छन्  ।