२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजामती सेवामा ‘रियल-टाइम’ भूकम्प: एकै साँझ १,२९६ कर्मचारी प्रणालीबाट गायब !

अ+ अ-

काठमाडौँ । निजामती सेवामा कार्यरत कर्मचारीको वास्तविक समय (रियल–टाइम) संख्या देखाउने सरकारी प्रणालीमै एकाएक ठूलो उतारचढाव देखिएको छ। राष्ट्रिय किताबखानाले सञ्चालन गरिरहेको कर्मचारी सूचना प्रणाली (पर्सनल इन्फरमेसन सिस्टम– पीआईएस) को ड्यासबोर्डमा २०८२ पौष ३ गते बिहीबार साँझ ७ बजे कर्मचारीको कुल संख्या ८६,३१५ बाट घटेर ८५,०१९ मा झरेको देखिएपछि प्रशासनिक वृत्तमा चासो बढ्यो। क्षणभरमै १,२९६ कर्मचारी प्रणालीबाट ‘जादुजस्तै’ हराएका देखिए।

यसले स्वाभाविक प्रश्न उठायो-के ती सबै कर्मचारीले एकैचोटि अवकाश लिए, राजीनामा दिए वा सेवाबाट बाहिरिए ? राष्ट्रिय किताबखानाका अनुसार यो घटना कुनै आकस्मिक त्रुटि होइन, बरु अभिलेख शुद्धीकरण अभियानको प्रत्यक्ष परिणाम हो।

किताबखानाको कर्मचारी सूचना प्रणालीमा आबद्ध कर्मचारीको नाम, कार्यालय, पद, सेवा, समूह, उपसमूह, तलब–भत्ता लगायत झण्डै ४ लाख ८ हजारभन्दा बढी विवरण अपूर्ण वा अशुद्ध अवस्थामा रहेको तथ्य बाहिरिएको छ। कर्मचारी सूचना बैंककै रूपमा रहेको निकायका लागि यस्तो अवस्था गम्भीर चुनौती बनेको र यसले संस्थाको विश्वसनीयतामै असर पारेको किताब खानाको स्वीकारोक्ति छ।

करिब ९ महिना अघि महानिर्देशकको जिम्मेवारी सम्हाल्न आएका श्रवण कुमार पोखरेलले प्रविधि सुधार, कर्मचारी सूचना प्रणालीलाई सजीव (लाइभ) र अन्तरप्रणालीयोग्य (इन्टरअपरेबिलिटी बनाउने, समयबद्ध सेवा प्रवाह, अभिलेखको डिजिटल रूपान्तरण तथा तथ्याङ्क शुद्धीकरणलाई प्राथमिकतामा राख्दै ‘सुधारका लागि विशेष अभियान’ सञ्चालन गर्दै आएका छन्।

त्यही अभियान अन्तर्गत ५१५ वटा भौतिक फाइल एक–एक गरी परीक्षण गर्दा सेवाबाट हटिसकेका प्रमाण संलग्न ३१ जनालाई प्रणालीबाट पूर्ण रूपमा हटाइएको छ। बाँकी ४८४ फाइल तथा थप अन्य अभिलेख अध्ययन गर्दा विगत १० वर्षदेखि कुनै पनि विवरण अद्यावधिक नभएका, सम्पत्ति विवरण नबुझाएका र सम्पर्कमै आउन नसकेका १,२६५ कर्मचारीको विवरण पनि लाइभ प्रणालीबाट हटाइएको हो।

दश वर्षभन्दा बढी समयदेखि निष्क्रिय तथा सम्पर्कविहीन ती कर्मचारीहरू सेवामा नरहेको अनुमानसहित, थप अनुसन्धानका लागि उनीहरूलाई लाइभ प्रणालीबाट हटाई ‘तामेली शाखा’ मा स्थानान्तरण गरिएको किताबखानाले जनाएको छ। यदि कोही प्रमाणसहित सम्पर्कमा आएमा पुनः शुद्धीकरण गर्न सकिने गरी सम्पूर्ण विवरण सुरक्षित राखिएको भए पनि, यस्तो सम्भावना लगभग शून्य रहेको महानिर्देशक पोखरेलको भनाइ छ।

यसैबीच, किताबखानाले सेवामा बहाल नै रहेका भए सम्पर्कमा आउन अनुरोध गर्दै १,२९६ जनाको नाम–नामेसीसहित सार्वजनिक सूचना आफ्नो वेबसाइटमा प्रकाशित गरेको छ।

सुधार योजनाको अर्को चरणमा, यही पौष महिनाभित्र पहिलो चरण अन्तर्गत अवकाशप्राप्त कर्मचारीलाई भौतिक उपस्थितिबिनै सेवा दिने ‘फेसलेस सेवा’ सुरु गर्ने र आगामी तीन महिनाभित्र जिल्लाबाटै सेवा लिन सकिने ‘ई–पेन्सन सेवा’ लागू गर्ने कार्ययोजना रहेको राष्ट्रिय किताबखानाले जनाएको छ।