२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु

अ+ अ-

एएफपी । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु भएको स्थानीय सेनाका अधिकारीले शनिबार जानकारी दिएका छन् ।

उनीहरू अफगानिस्तानबाट अवैध रूपमा (विना कुनै कागजात) प्रवेश गरेको पाइएको छ। “इरान–अफगानिस्तानको सिमानामा सीमा पार गर्न खोज्ने केही समूहलाई इरानले रोकेको र सीमा क्षेत्रमा रहेका तीन व्यक्तिको अत्यधिक चिसो मौसमका कारण मृत्यु भएको छ,” नाम गोप्य राख्ने शर्तमा अफगान सेनाका अधिकारीले शनिबार बताए ।

आप्रवासीहरूको उक्त समूह बुधबार इरान प्रवेश गर्न खोज्ने समूहमध्ये एक टोली थियो र अफगान सीमा बलले उनीहरूलाई सीमामा रोकेको र उनीहरूको चिसोका कारण मृत्यु भएको हो । “बुधबार राति उनीहरूको खोजी गरिएको थियो तर बिहीबार मात्रै शव फेला परेको हो,” ती सैनिक अधिकारीले भने ।

संयुक्त राष्ट्रसंघ शरणार्थी निकाय (यूएनएचसीआर) को पछिल्लो तथ्यांकका अनुसार सन् २०२५ जनवरी र नोभेम्बरको अन्त्यसम्ममा इरानी अधिकारीहरूले १८ लाखभन्दा बढी अफगानीहरूलाई अफगानिस्तान फर्कन बाध्य पारेका थिए।

यूएनएचसीआरले अफगानिस्तानको स्थितिलाई जानकारी गराउन गरेको पोष्टमा भनिएको छ, “प्रतिकूल परिस्थितिमा पाकिस्तान र इरानबाट भएका यी सामूहिक फिर्तीले अफगानिस्तानको पहिले नै अत्यधिक अभाव भएको स्रोत र सेवाहरूलाई थप संकटमा पारेको छ।  अव्यवस्थित फिर्ता अभियानले नयाँ विस्थापनको जोखिम निम्त्याउने देखिएको छ।” 

यस हप्ता एम्नेस्टी इन्टरनेसनलले देशहरूलाई ‘फर्केकाहरूलाई गम्भीर क्षतिको वास्तविक जोखिम’ भन्दै जबरजस्ती मानिसहरूलाई अफगानिस्तान फर्काउने कार्य रोक्न आह्वान गरेको थियो ।

दुई ठूला भूकम्पबाट प्रभावित र जलवायु परिवर्तनको अत्यधिक जोखिममा रहेको अफगानिस्तानले हालैका महिनाहरूमा धेरै चुनौतीहरूको सामना गरिरहेको छ।

विशेष गरी संयुक्त राष्ट्रसंघले ‘लैंगिक रंगभेद’ को रूपमा वर्णन गरेको अफगानिस्तानले धेरै जागिर र सार्वजनिक स्थानहरूबाट महिलाहरूलाई बहिष्कृत गरिएको कारण अन्तर्राष्ट्रिय प्रतिबन्धको सामना गर्नु परेको छ।

संयुक्त राष्ट्रसंघ विश्व खाद्य कार्यक्रमले मंगलबार अफगानिस्तानका एक करोड ७० लाखभन्दा बढी मानिसहरू गम्भीर खाद्य असुरक्षाको सामना गरिरहेका छन् ।