काठमाडौँ। सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालयमा अनुगमन गरेको छ ।
यसअघि हिजो नेपाली काँग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीको कार्यालय पुगेर सरकारी टोलीले अनुगमन गरेको थियो ।
कानुन मन्त्री अनिलकुमार सिन्हा, सञ्चार मन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालसहितको टोलीले अनुगमन गरेको हो ।
उनीहरूलाई अध्यक्ष राजेन्द्र लिङ्देनसहितले कार्यालयमा स्वागत गरेका थिए ।







