काठमाडौँ। पूर्व नवयुवराज हृदयन्द्र शाहको ‘जुम्ला भ्लग’ मा देउडा गीत सुनाएर देशव्यापी चर्चामा आएकी जुम्लाकी पञ्चकली बुढा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समानुपातिक सुचीमा सिफारिस भएकी छिन् ।
उनीसँगै जानदेवी शर्मा र बसान्ताकुमारी शाहीको नाम सिफारिस गरिएको छ ।
गत साउनमा पञ्चकलीले हृदयचन्द्रलाई ‘जुम्ला फल्छ धान संसारकै अग्लो ठाउँमा, कोही सुन्दैनन् कान, कर्नाली रोयाको आवाज’ भन्ने मार्मिक देउडा सुनाएकी थिइन् ।







